Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • साउनदेखि सामान ढुवानीमा अनलाईन सिष्टम

    June 7, 2019


    बुटवल, २४ जेठ । यातायातका साधाबाट सामान ढुवानी गर्ने प्रक्रियालाई सहज र सरल बनाउन सरकारले आगामी साउन १ गतेदेखि अनलाइन सिष्टम लागू गर्ने भएको छ । एउटै बिलमा पटक–पटक सामान ढुवानी हुने, अबैध सामान ढुवानी हुने, एक ठाउ भनेको सामान अन्यत्र लैजाने जस्ता कार्य नियन्त्रण गर्न सरकारले अनलाईन सिष्टम लागू गर्न लागेको हो ।

    अनलाइन सिष्टम लागू गर्ने सम्वन्धमा राजश्व अनुसन्धान बिभाग र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रवार बुटवलमा सरोकारवालासंग अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै राजश्व अनुसन्धान बिभागका महानिर्देशक दीर्घराज मैनालीले ढुवानी व्यवसाय र प्रक्रियालाई व्यवस्थित मर्यादित बनाउन र राजश्व चुहावट रोक्न साउन १ गतेदेखि ढुवानीमा अनलाइन सिष्टम लागु गर्न लागेको जानकारी गराउनु भयो ।

    उहाँले नयाँ सिष्टम लागु भएपछी एउटै बिलबाट भन्सारबाट पटक पटक सामान पास गराउन नसक्ने, एउटै बिलबाट उद्योगबाट पटकौ पटक सामान बजार वा बिक्रेतासम्म पु¥याउन र एउटा बिलमा पटक पटक ढुवानी गर्न नपाउने तर व्यस्थित र बैद्य कारोवारका लागि कुनै समस्या नहुने बताउनु भयो । अनलाइन सिष्टममा गएपछी ढुवानी व्यवसायले आफ्नो सामान कहा गयो भन्ने अनलाइनबाट हेर्न सकिने र सडकमा अहिले रहेका राजश्वका कुनै पनि ढाट नरहने बताउनु भयो । उहाले गत बर्षदेखि बिभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मातहतमा रहेर काम गरिरहेको जानकारी गराउदै १० महिनामा बिभागले ७२ केशमा २१६ जना व्यक्ति र ८ कर्मचारीलाई कारवाही गरेको समेत जानकारी गराउनु भयो ।

    बिभागका निर्देशक रामप्रसाद रेग्मीले २०७१ सालदेखि बिभागले नयाँ सिष्टमको तयारी गरेको जानकारी गराउँदै बिदाको दिन तथा रातको समयमा समेत सिष्टम खूल्ला रहने भएकाले व्यवसायीलाई अनावश्यक झण्झट नहुने बताउनु भयो । बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्ज्वल कसजूले राजश्व अनुसन्धान बिभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रही तल्ला तहमा अधिकार प्रत्यायोजन नहुदा एउटा सानो केशमा पनि व्यवसायीले महिनौ धाउनु पर्ने हुदा प्रदेश तहमा कार्यालय राख्न माग गर्नुभयो ।

    संघका पूर्वअध्यक्ष जीवन प्रसाद वझाले नयाँ सिष्टममा जादा ढुवानीमा समस्या भई नागरिकलाई समस्या नहोस भन्ने तर्फपनि अहिलैदेखि सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा संघका बाणिज्य उपाध्यक्ष हरीप्रसाद अर्याल, महासचिव दिनेशप्रसाद श्रेष्ठ, कोषाध्यक्ष बिमलराज भट्टराई, लेखापरिक्षक नेत्र ज्ञवाली, व्यवसायीहरु चुन्न पौडेल, रामप्रसाद गैरे, बिजय गोयन्का, माधवलाल उपाध्याय, टिकाराम बञ्जाडे, डिल्लिराम रिजाल लगायतले जिज्ञासा राख्नु भएको थियो ।