जिपी कोईराला स्मृति छात्रा भलिवलको उपाधी दीपलाई

870

जिपी कोईराला स्मृति छात्रा भलिवलको उपाधी दीपलाई

बुटवल, २० जेठ । जिपी कोईराला स्मृति प्रतिष्ठान बुटवलले आयोजना गरेको जिपी कोईरालाई स्मृति छात्रा भलिवल प्रतियोगिताको उपाधी दीप बोर्डिङ्ले चुमेको छ । बुटवलको कान्ति माबिको प्राङ्गणमा आईतबार सम्पन्न उक्त प्रतियोगितामा वडा नं. ८ का नरबहादुर रजालीको नेतृत्वमा आएको दीप बोडिङ् प्रथम भएको हो । त्यस्तै वडा नं. १ की लक्ष्मी श्रेष्ठको नेतृत्वमा आएको बुटवल माध्यमिक बिद्यालय द्वितीय, चित्रबहादुर बर्माको नेतृत्वमा आएको वडा नं. ११ को न्यू होराईजनको समूह तृतीय तथा वडा नं. ४ का अरुण श्रेष्ठको नेतृत्वमा आएको कान्ति माध्यमिक बिद्यालयको टिम सान्त्वना भएका छन् ।
उनीहरुलाई पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार, द्वितीय हुने टिमलाई ७ हजार ५ सय, तृतीय हुने टिमलाई ५ हजार र सान्त्वना हुने टिमलाई २ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक तथा प्रतिष्ठानका सचिव परमानन्द भट्टराईले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा विजेतालाई समाजसेवी वुलबुल श्रेष्ठले व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नन्दराम भण्डारीको अध्यक्षतामा भएको थियो । शनिबारदेखि सुरु भएको प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्रका ६ बिद्यालयका ६ टिम सहभागि थिए ।