Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • चिकित्सकलाई अनलाईन तालिम

    March 10, 2018


    बुटवल/नेपाल मेडिकल एशोसिसियन, लुम्बिनी अञ्चल शाखाको आयोजनामा लुम्बिनी अञ्चलका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुलाई एक दिने जेएनएमए हयान्डल अन टे«निङ्ग फर फाष्ट ट्रयाक पब्लिकेसन तालिम दिईएको छ ।
    चिकित्सकहरुलाई आफनो एकेडेमीक क्षेत्रमा अघि बढ्नका साथै अध्ययनका क्रममा सोधपत्रका तयार गर्नका लागि समेत उपयोगी हुने गरि तालिम आयोजना गरिएको हो ।
    कार्यक्रमको एक समारोहका बिच नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कृष्ण खरेलले उद्घाटन गर्दै तालिमको महत्वबारे प्रकाश पारेका थिए । चिकित्सकहरुलाई आफनो क्षेत्रमा विज्ञ बनाउन यो तालिमले साथ दिने भन्दै उनले सोधपत्र तयार गर्ने ब्यवहारिक ज्ञान दिने बताए ।
    नेपाल मेडिकल एशोसियसनको भवनमा रहेका चिकित्सकहरुलाई बेलायतमा रहेका डा.एन्जेल मगरले स्काईपमार्फत अललाईनमार्फत तालिम दिएका थिए ।
    नेपाल मेडिकल एशोसिसियन, लुम्बिनी अञ्चल शाखाका सचिव डा.ईन्द्र ढकालले
    काठमाण्डौबाट आएका ५ जना विशेषज्ञ चिकित्सक टोलीले सहजीकरण गरेको बताए ।
    विशेषज्ञ चिकित्सकहरुले प्रत्येक ५–५ वर्षमा नबिकरण गर्नुपर्ने प्रावधान अनुसार पनि यो तालिमले सहयोग मिल्ने उनले बताए । कार्यक्रममा शाखाका अध्यक्ष डा.नन्दा गुरुङ्गले वार्षिक कार्ययोजना अनुसार चिकित्सकहरुलाई तालिम आयोजना गर्ने बताए ।
    हाल जर्नल अफ नेपाल मेडिकल एशोसियसनले ३–३ महिनामा निकाल्ने जर्नल निकाल्ने गर्दछ । पाल्पा मेडिकल कलेज, लुम्बिनी अञ्चल अस्पताल, देवद्ह मेडिकल कलेज, भैरहवा मेडिकल कलेज युसिएमएसका गरि २५ जना विशेषज्ञ चिकित्सकहरुलाई तालिममा सहभागि रहेका थिए ।