Tuesday 19th September 2017
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • काउन्सीलमा डा. खरेलको उमेद्वारीले युवा चिकित्सकहरु उत्साहित

    September 12, 2017


    बुटवल २७ भदौ/लामो समयदेखि चिकित्सा पेशामा संलग्न डा. कृष्ण खरेलले नेपाल मेडिकल काउन्सीलको सदस्य पदमा उमेदवारी दिएपछि चिकित्सकहरुमा सकारात्मक तरङ  ल्याएको छ ।
    गुल्मीको आपचौरमा जन्मेर बुटवलमा स्थायी बसोबास गर्दै आएका खरेल २०५७ सालदेखि चिकित्सक पेशामा संलग्न ह“ुदै आएका छन् । वरिष्ठ अर्थोपेडिक सर्जन डा. खरेल बुटवलमा रहेर काम गर्दै आएपनि पश्चिम क्षेत्रका वासिन्दाका लागी परिचित नाम हो ।”गुणस्तरीय चिकित्सा शिक्षा र राम्रो स्वास्थ्य सेवा प्रवाह” का लागी पहल गर्ने उद्घेश्य सहित उमेदवारी दिएका खरेल आफ्नो भन्दा आफ्ना मित्रको भलोमा लाग्ने स्वभाव भएका व्यक्तिको रुपमा चिकित्सक विच चिनिन्छन् ।विरामीको सेवासगै समाज सेवामा लाग्न रुचाउने डा. खरेलका अनुसार चिकित्सा र स्वास्थ्य सेवाका क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई नियन्त्रणका लागी पहल गर्ने, सामान्य केशमा पनि चिकित्सकहरुमाथि हुने भौतिक तथा मानसिक आक्रमणको अन्त्यको पहल गर्ने , नक्कली चिकित्सकका नाममा चिकित्सक माथि  राज्य तथा गैरराज्य पक्षवाट कानुनी बाटो नखोजी धरपकड तथा सामाजिक, मानसिक र पारिवारिक तनावको स्थिति सृजना गराउने जस्ता कार्यको अन्त्यको पहल गर्ने विषयहरुलाई प्राथमिकतामा राखेका छन् ।दुइ चरणमा गरिएको मतदानमा भदौ २३ गते उपत्यका बाहिर खसेका तिन हजार पाँच सय मत मध्ये आफुले भारि मत पाएको दावि गर्ने खरेल भदौ २९ देखि ३१ गते सम्म उपत्यका भित्र खस्ने मत मध्ये पनि आफ्नो पक्षमा अत्याधिक मत पर्ने बताउछन् । अग्रजलाई सम्मान र आदर गर्ने तथा युवालाई माया र प्रोत्साहन गर्ने स्वभाव भएका खरेल युवा र अग्रज चिकित्सक विच लोकप्रिय छन् । भने उनको उमेदव्वारीले युवा चिकित्सकहरु अझै  बढी उत्साहित छन।

    नेपाल मेडिकल काउन्सीलमा २०७४ श्रावण १५ सम्म दर्ता भएका २० हजार एक सय एक जना चिकित्सकले मतदान गर्न पाउने निर्वाचनमा उपाध्यक्षमा २ जना र सदस्यमा २७ जनाले उमेदवारी दिएका छन् । जसमा १ उपाध्यक्ष र ८ सदस्य निर्वाचित हुनेछन् । कुल मतदाता मध्ये ४५ देखि ५० प्रतिशत मत खस्ने अनुमान काउन्सीलको छ । त्यसमध्ये उपत्यका बाहिर ३ हजार ५ सय मत खसिसकेको छ भने उपत्यकामा ६ देखि ७ हजार मत खस्ने अनुमान गरिएको छ ।
    वि.स. २०४६ सालमा तत्कालिन काठमाण्डौ भ्याली क्याम्पसको पहिलो निर्वाचित स्टुडेन्ट काउन्सीलको अध्यक्ष भएका डा. खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको सदस्य हुन । देवदह मेडिकल कलेज तथा शिक्षण अस्पतालको मेडिकल सुपरिटेण्डेन्टका रुपमा समेत काम गरिसकेका छन्  भने अन्य आधा दर्जन स्थापित सस्थामा काम गरिसकेको अनुभब छ् । बुटवलको तिलोत्तमा हस्पीटल प्रा.लि का मेडिकल डाइरेक्टरका रुपमा रहेका बरिष्ठ अर्थोपेडिक सर्जन डा. खरेल बिरामीको स्वास्थ्य उपचार सगै सामाजीक सेवा गर्न रुचाउने भएकाले दर्जनौ सामाजिक संघ संस्थामा पनि संलग्न छन् ।