प्रदेश प्रमुख झाबाट दुई विधेयक प्रमाणीकरण

687

प्रदेश प्रमुख झाबाट दुई विधेयक प्रमाणीकरण

बुटवल, २२ साउन । प्रदेश पाँचको सभाबाट पारित भएका दुई बिधेयक प्रमाणीकरण भएका छन् । प्रदेश पाँचको यसै महिनामा पारित भएका दुई बिधेयक मंगलबार प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणीकरण गर्नुभएको हो ।

यहि साउनको १४ गते प्रदेश सभाबाट पारित भएका ‘प्रदेश नं. ५ प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्ता गर्न बनेको विधेयक’ र ‘प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख झाले प्रमाणीकरण गर्नुभएको हो ।

संविधानको धारा २०१ को उपधारा २ बामेजिम ती बिधेयकहरु प्रदेश प्रमुख झाले प्रमाणिकरण गर्नुभएको प्रवक्ता कमलप्रसाद घिमिरेले जानकारी दिनुभयो ।