दुर्घटनामा मृत्यु

284

दुर्घटनामा मृत्यु

गुल्मी, २७भदौ । मोटरसाईकल दुर्घटना हुँदा मगलवार गुल्मीमा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यू हुनेमा रुरु गाउँपालिका ३ निवासी २३ वर्षीय राजु सारु रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्विबेदीले बताउनु भयो ।

ना १७ प २४८१ नम्बरको मोटर साईकलमा सवार सारु सदरमुकाम तम्घासवाट रिडी जाने क्रममा विहान रुरु गाउँपालिका ३ स्थित फलाटेमा दूर्घटनामा परेका थिए । दूर्घटनामापरी घाईते सारुको रुरु स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यू भएको हो ।

दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका ३ निवासी २१ वर्षीय ईश्वरी रावत घाईते भएका छन् । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको उक्त मोटरसाईकल अनियन्त्रित भई सडकवाट केही तल खसेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।