Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • गणतन्त्र दिवसमा निशुल्क स्वाथ्य परिक्षण

    May 30, 2019



    बुटवल,जेठ । गणतन्त्र दिवसका अवसरमा बुटवलकै पुरानो बुटवल वहुउदेश्यीय सहकारी संस्थाले निशुल्क स्वाथ्य परिक्षण कार्यक्रम शुरु गरेको छ । सहकारी झण्डै १५ सय सदस्यहरुका लागि स्वाथ्य परिक्षण कार्यक्रमको आयोजना गरेको हो । बुटवलको नेशनल प्याथ ल्यावको प्राविधिक सहयोगमा एक महिने स्वाथ्य परिक्षण कार्यक्रम गणतन्त्र दिवसको दिन बुधबार सुरु गरेको हो ।

    आगामी असार १५ गतेसम्म सञ्चालन गरिने शिबिरमा सहकारीका सदस्यहरुले निःशुल्क रगत, पिसाव, सुगर, किड्नी, कोल्डस्टोर, थाईराईड, तथा लिभर सम्वन्धी सम्युर्ण परिक्षण हुने सहकारीका स्वास्थ्य विभाग संयोजक उदयराज भण्डारीले बताउनु भयो । उहाँले हजारौं रुपैया लाग्ने विभिन्न रोगको परिक्षण गरेर आफ्नो स्वाथ्य अवस्था बुझ्नका लागि आफ्ना सदस्यहरुलाई स्वास्थ्य सेवा प्रवाह गरिएको उहाँको भनाई रहेको छ ।

    निशुल्क स्वाथ्य परिक्षण उद्घाटन समारोहमा बोल्दै संस्थाका अध्यक्ष लोकनाथ भुसालले हरेक व्यक्तिले समय समयमा स्वाथ्य अवस्थाका वारेमा जानकारी लिएमा धेरै रोगहरु लाग्नबाट बँच्न सकिने बताउनु भयो । त्यस अवसरमा नेशनल प्याथ ल्यावका अध्यक्ष रुद्र कार्की, बुद्धिमान थापा, उदयराज भण्डारी लगायते भनाई राख्नुभएको थियो ।