गरिब तथा विपन्नलाई न्यायो कपडा वितरण

719

गरिब तथा विपन्नलाई न्यायो कपडा वितरण

बुटवल, १५ पुस । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका तथा सैनामैना नगरपालिकाका युवाहरुको सक्रियतामा बुटवलका बिभिन्न स्थानमा गरिव, असाहाय तथा विपन्न परिवारका सदस्यहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

सामाजिक सञ्जालबाट सुरु भएको युवा अभियानले शनिबार बुटलको ट्राफिकचोक, पुरानो बसपार्क र हाटबजार क्षेत्रमा गरि करिव १२० जनालाई नयाँ तथा पुराना जाडोमा लगाउने कपडा वितरण गरिएको अभियान्ता राजु टण्डनले बताउनु भयो । गरिव, असाहाय तथा विपन्न परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले यस अंगाडी नै नयाँ तथा पुराना कपडाहरु संकलन गरिएको थियो ।

त्यसरी सहयोग संकलन गर्ने क्रममा प्राप्त भएका नयाँ तथा पुराना कपडा तथा नगदबाट नयाँ कपडा किनेर उनीहरुलाई वितरण गरिएको अर्का अभियान्ता सुरेश रेग्मीले बताउनु भयो । जाडोको समयमा न्यानो कपडा वितरण गर्दा प्राप्त गर्नेहरु ज्यादै खुसी भएका उनीहरुले बताएका छन् । तीन नगरपालिकाका करिव १४/१५ जना युवाको यो अभियान अझै पराकिलो गर्दै अँगाडी बढ्ने बताएका छन् ।