Thursday 23rd November 2017
  • New title for a=>html, img=>alt
  • घरजग्गा व्यबसायी समिति गठन

    August 16, 2017


    बुटवल, ३२ साउन । रुपन्देहीमा घर जग्गाको कारोवार गर्ने व्यबसायीहरुको भेलाले घरजग्गा व्यबसायी समिति रुपन्देही गठन गरेका छन् ।बुधबार रुपन्देहीको मणिग्राममा भएको व्यबसायीहरुको भेलाले दशरथ पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा दुर्गा भण्डारी, महासचिवमा विष्णुप्रसाद भुसाल, सचिवमा बसन्त थापा, कोषाध्यक्षमा देवुप्रसाद खनाल र सदस्यहरुमा रमेश डुम्रे, बासुदेव पौडेल, बासु बस्याल, एकनारायण सापकोटा, देवलाल अर्गाली तथा शोभाखर पोखरेल रहेका छन् । रुपन्देहीमा करिव सय वटा व्यबसायिक संस्था दर्ता भएर घरजगगा बिक्रि वितरण गर्दै आएका छन् ।

    व्यबसायीक हकहित तथा एकताका लागि गठन गरिएको संस्थाले सरकारले हालै जमिनलाई खण्डीकरण गर्न र जग्गाको कित्ता काट्न रोकेको निर्णयको बिरोध गरेको छ ।