Thursday 18th January 2018
  • New title for a=>html, img=>alt
  • वार्षिकोत्सवमा ग्लोवल आईएमई बैंकद्वारा बुटवलमा प्रभातफेरी

    January 11, 2018


    बुटवल, २७ पुस । ग्लोवल आईएमई बैंक लिमिटेडको ११ औं वार्षिकोत्सवसको अवसरमा बुटवलका दुई शाखाले प्रभात फेरी कार्यक्रम गरेका छन् ।

    बैंक स्थापना भएको ११ वर्ष पुरा गरि १२ वर्षमा प्रवेश गरेको अवसरमा बुटवलको राममन्दिर लाईमा रहेको राममन्दिर शाखा र चौराहामा रहेको मिलनचोक शाखाले बिहिबार बुटवलमा प्रभातफेरी कार्यक्रम गरेका हुन् । राममन्दिर लाईनबाट सुरु भएको प्रभात फेरी बुटवल नगर परिक्रमा गरि राजमार्ग चौराहामा आएर कोण सभामा परिणत भएको थियो ।

    कोण सभामा राममन्दिर शाखाका प्रवन्धक जोगलाल भुसाल र मिलनचोक शाखाका प्रवन्धक खेमनाथ शर्मा पौडेलले बैंकले दिँदै आएका सेवा सुविधाका कारेमा जानकारी गराउँदै वचत गर्ने बानिको बिकास गर्न आग्रह गर्नुभएको थियो । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ अंगाडी बढेको ग्लोवल आईएमई बैंकले वचत गर्ने बानिको बिकास गराउनकालागि प्रवद्र्धनात्मक प्रभातफेरी कार्यक्रम गरिएको राममन्दिर शाखाका प्रवन्धक भुसालले बताउनु भयो । उहाँले वचत नै भविश्यको सुनिश्चितता गर्ने आधार भएकाले वचत गर्ने बानि बसाल्न अति आवश्यक रहेको बताउनु भयो ।

    बैंकले देशव्यापी रुपमा बार्षिकोत्सवका विविध कार्यक्रम गरेको छ । कुल ८ लाख ग्राहक रहेको ग्लोवल आईएमई बैंकको बुटवलका दुई शाखामा गरि करिव १८ हजार ग्राहक रहेको बताईएको छ ।