गोर्खा ब्वायजमाथि लिस्नुको फराकिलो जित

627

गोर्खा ब्वायजमाथि लिस्नुको फराकिलो जित

बुटवल, १४ भदौ । १७ औँ लिस्नु कप नकआउट फुटवल प्रतियोगितामा बुधबार आयोजक लिस्नु युवा क्लब कोटिहवा रुपन्देहीले शानदार जित निकालेको छ ।

पशुपति उच्च मावि कोटिहवाको मैदानमा सम्पन्न खेलमा लिस्नुले गोर्खा ब्वायज क्लब बुटवलमाथि दुईका विरुद्ध चार गोलले विजयी भएको हो । यो जितसंगै लिस्नुले अब समूह ‘ए’को विजेताका लागि भदौ १९ गते डीवाईसी कोटहीमाईसंग पहिलो क्वाटर फाइनल खेल खेल्ने छ ।

बुधबारको खेलमा लिस्नुका जितका लागि गोबिन्द थापाले पहिलो हाफको ८ औं र दोस्रो हाफको चौथो मिनेटमा, रुपेश थापाले पहिलो हाफको ३६ औं मिनेटमा र रोशन गुरुङले दोस्रो हाफको पांचौ मिनेटमा गोल गरे ।

गोर्खा ब्वायजका लागि सुरज घलानले पहिलो हाफको ३१ औं र ३३औं मिनेटमा गरी दुई गोल गरे । बिहीबार समूह बीका न्यू राइज फुटबल क्लब बभनी र भैरव फुटबल क्लब नवलपरासीबीच खेल हुने आयोजक लिस्नु युवा क्लबका सचिव सन्तोष गुरुङले जानकारी दिनुभयो ।