गुल्मीको बढीगाड खोलामा जलयात्रा सञ्चालन

1.1K

गुल्मीको बढीगाड खोलामा जलयात्रा सञ्चालन

तम्घास, ४ वैशाख । गुल्मीको पर्यटकीयस्थल बढीगाडखोलामा मङ्गलबारदेखि व्यावसायिक रूपमा जलयात्रा(¥याफटिङ )सेवा सञ्चालन गरिएको छ । मुसिकोट नगरपालिका र बढीगाड गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झक्कले एग्रो रिसोर्ट प्रालि मुसिकोट–७ को आयोजनामा बढीगाढखोलामा व्यावसायिक रूपमा ¥याफटिङ सञ्चालन गरिएको हो ।

¥याफटिङको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बढीगाढखोलामा सञ्चालन भएको ¥याफटिङले बढीगाड क्षेत्रमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । वागलुङ जिल्लाको ढोरपाटन पछिल्लो समय पर्यटकको मुख्य केन्द्र बनेको बताउँदै मन्त्री विष्टले त्यहाँ आउने पर्यटकका लागि यो क्षेत्र मुख्य गन्तव्यको रूपमा रहने बताउनुभयो ।

मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले नगरपालिकासँगै यस क्षेत्रमा पर्यटक भित्र्याउने मुख्य उद्देश्यका साथ नै ¥याफटिङ सेवालाई संयुक्तरूपमा सञ्चालन गरिएको बताउनुभयो । मङ्गलबारबाट विधिवत् र व्यावसायिक रूपमा शुरु गरिएको व्यावसायिक ¥याफटिङ सेवाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो परिवर्तन आउने स्थानीयवासी अर्जुन सापकोटाले बताउनुभयो ।

बढीगाडमा ¥याफटिङ सञ्चालनका लागि त्रिशूली नदीका ¥याफटिङ व्यवसायी मानध्यव गुरुङसहितको टोलीले सेवा प्रवाह गर्ने भएको छ । उक्त सेवा प्रवाह गरेवापत प्रतिव्यक्ति रु ८५० शुल्क तोकिएको झक्कले रिसोर्टका व्यवस्थापक अनिश गैरेले जानकारी दिनुभएको छ । रासस