मुसहरको हत्या आरोपमा पुजन चौधरी पक्राउ

285

मुसहरको हत्या आरोपमा पुजन चौधरी पक्राउ

बुटवल, २६ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ का अशोक मुसहरको हत्या आरोपमा सोही वडाका २२ वर्षीय पुजन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

यहि मंसिर २१ गते तिलोत्तमा नगरपालिका वडा नं. ७ कै जहदा खेतमा मुसहर मृत अवस्थामा फेला परेका थिए । मुसहरको हत्या आरोपमा पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय बुटवलले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

साउन्ड सिष्टमको बिषयमा विवाद भएपछि आफूले ढंगाले टाउकोमा हानेको प्रहरी सामु स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले बताउनु भयो ।

मृतक मुसहर र चौधरी दुबैजना गाउँको एउटा विहेमा गएको र बिहेबाट फर्किँदा बाटोमा साउण्ड सिष्टमको बिषयमा विवाद भएपछि हानाहान हुँदा चौधरीले मुसहरलाई ढुंगाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको उहाँले बताउनु भयो ।

हत्या आरोपमा पक्राउ परेका चौधरीलाई जिल्ला अदालतबाट म्याथ थप गरि कारवाही प्रकृया अंगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो ।