स्वास्थ्य प्राविधिकलाई छारेरोग सम्बन्धि प्रशिक्षण

1.1K

स्वास्थ्य प्राविधिकलाई छारेरोग सम्बन्धि प्रशिक्षण

बुटवल । बुटवलका स्वास्थ्य प्राविधिकलाई छारेरोग सम्बन्धि प्रशिक्षण गरिएको छ । नशा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसीको आयोजनामा देवदह मेडिकल कलेजमा कार्यरत मनोरोग विशेषज्ञ डा बिक्रम काफ्ले छारे रोगका बारेमा प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण गर्नुभएको हो ।

उक्त प्रशिक्षणमा बुटवल तथा आसपासका अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्य प्राबिधिकहरुको सहभागिता रहेको थियो । बिरामीको उपचारमा सहज होस र बिरामीले सहि उपचार पाउन भन्ने उद्देश्ले स्वास्थ्य प्राबिधिकलाई प्रशिक्षण गरिएको लाली गुराँस फार्मेसीकी सञ्चालक यशोदा काफ्लेले बताउनु भयो ।

स्नायुबाट प्रवाह भएको असाधारण बिद्युतीय तरंगका कारण मस्तिष्कमा पार्ने प्रभाव नै छारे रोग भएको बताउँदै डा. काफ्लेले त्यसका कारण बिरामीको शरीरमा शक्ति ह्रास हुने, मांसपेसी दुख्ने र कमजोर हुने, हात खुट्टा काप्ने वा कडा हुने र त्यसरी कम्पन हुँदा उसले आफ्नो चेतना समेत गुमाउन सक्ने डा. काफ्लेले जानकारी गराउनु भयो ।

छारे रोग लागेका बिरामीमा समय समयमा बेहोस हुने, शरीर अरअह्रो हुने, जिब्रो टोक्ने, शरीरमा चोटपटक लाग्ने, थाहै नपाई दिसा पिसाव हुने लगायतका समस्या देखिन्छन् । त्स्तै कम्पन पछि बिरामी थकित हुने, शरीरमा शक्ति नहुने, निद्रा लाग्ने अनौठो व्यबहार देखाउने, टाउको तथा मांसपेसी दुख्ने समस्या आउने उहाँले जानकारी गराउनु भयो ।

छारे रोगको उपचारमा आउने बिरामीको विस्तृत विवरण लिन र छारेरोग सम्बन्धि बिरामीलाई जानकारी गराउन तथा बिरामीको अवस्थाका बारेमा प्रष्ट जानकारी गराउन डा. काफ्लेको सुझाव छ । त्यस्तै छारे रोगका बिरामीलाई पनि भारी उपकरण तथा आगोबाट जोखिन, तथा खुल्ला ठाउँमा आगोमा खाना बनाउन, पौडी एक्लै नखेल्न, अत्यधिक मध्यपान तथा लठ्ठ पार्ने औषधीहरु सेवन नगर्न, अनिद्रा नबस्न उहाँको सुझाव छ ।