Sunday 22nd July 2018
  • New title for a=>html, img=>alt
  • हिमालयनलाई पाखा लगाउँदै थ्रि स्टार सेमिफाईनलमा

    March 29, 2018


    बुटवल, चैैत ।  बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फूटवल प्रतियोगितामा थ्री स्टार क्लबले सेमिफाईनलको यात्रा तय गरेको छ । बुटवलको रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा बुधबार मलेसियाको हिमालयन फूटवल क्लवसंग भएको प्रतिस्पर्धामा १ का विरुद्ध दुई गोल गर्दै थ्रि स्टारले सेमिफाईनलको यात्रा तय गरेको हो ।

    खेलको पहिलो हाफमा गोल रहित बराबरी भएपनि खेलको अन्तिम समयमा बिदेशी खेलाडी मार्टिन्सको प्रहारले थ्रि स्टार उपाधि नजिक पुगेको हो । खेलको ८४ औं मिनेटमा हिमालयनका तिर्थ बस्नेतले पहिलो गोल गरेर अग्रता दिलाएपनि दुई मिनेटमै थ्रि स्टारका विदेशी खेलाडीले गोल फर्काएर खेललाई बराबरी तुल्याईदिएका थिए । ईन्जुरी समयमा थ्रि स्टारका मार्टिन्सले गोल किप्पर अंगाडी बढेको मौकामा गोल गर्दै टिमलाई जिताएका थिए ।

    थ्रि स्टार यहि चैत ४ गते बुटवलको सम्पन्न भएको २० औं तिलोत्तमा गोल्ड कपको विजेता हो । जितसंगै अव थ्रि स्टार भोली शुक्रबार मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौसंग पहिलो सेमिफाईनलमा भिड्नेछ ।

    बुधबारको खेलमा थ्रीस्टारका मार्टिन्स मयान अफ दि म्याच घोषित हुंदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज विभागीय नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लब खेल्दैछन् ।