हुँक्का बारमा प्रहरीको छापाः सञ्चालक सहित २६७ जना पक्राउ

382

हुँक्का बारमा प्रहरीको छापाः सञ्चालक सहित २६७ जना पक्राउ

बुटवल, २६ साउन । हुँक्काको लतमा अभद्रता प्रदर्शन गरेको आरोपमा प्रहरीले शनिबार बुटवलका दुई हुँक्का बारबाट सञ्चालक सहित २६७ जना युवायुवतीलाई पक्राउ गरेको छ ।

बुटवलको श्रवणपथमा रहेको विगपोर्ट र तीनकुनेमा रहेको ग्यालेक्सी हुँक्काबारमा छापा मार्दा हुक्काको लतमा अभद्रता प्रदर्शन गर्दै डान्स गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

ती दुई हुँक्का बारमा छापा मार्दा प्रहरीले ग्यालेक्सीका सञ्चालक निलकण्ठ अधिकारी, अर्जुन बस्याल र विगपोर्टका अरुण गुरुङ् र विजय थापा सहित २६७ जनालाई पक्राउ गरेको हो ।

अभिभावकको गुनासो आएपछि प्रहरीले हुक्का बारमा छापा मारेको र छापा मार्दा पक्राउ पर्नेमा अधिकांश १८ वर्ष भन्दा कम उमेरका किशोर किशोरी रहेको प्रहरीले जनाएको छ । हुँक्का र मदिरा सेवन गरी अभद्र व्यबहार सहित ग्रुप डान्स गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।