इन्टलेक्च्यूअलमा खेल सप्ताह शुरु

1.4K

इन्टलेक्च्यूअलमा खेल सप्ताह शुरु

बुटवल ३ माघ । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगर मझुवामा खेल सप्ताह शुरु गरिएको छ । विद्यार्थीलाई किताबी ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाई उनिहरु भित्र रहेको आन्तरिक प्रतिभालाई उजागर गर्ने उद्देश्य सहित प्रारम्भ गरिएको सप्ताह व्यापी खेलकुद कार्यक्रम शुक्रवार सम्म संचालन गरिने छ ।

कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीहरुलाई कक्षागत र समुहगत रुपमा सिनीयर तथा जुनियरतर्फ विभाजन गरि प्रतिस्पर्धा गराईने अतिरिक्त क्रियाकलाप संयोजक सुरेशकुमार चौधरिले जानकारी दिनुभयो ।

अतिरिक्त क्रियाकलाप संयोजक चौधरीको अध्यक्षतामा शुरु गरिएको कार्यक्रमको उद्घाटन सत्रमा बिद्यालयका अध्यक्ष डिल्लीराज अर्याल र प्रबन्धनिर्देशक रामराज पोख्रेलले खेलले विद्यार्थीका आन्तरिक क्षमता बढाउन सहयोग गर्ने धारणा राख्नुभएको थियो । सप्ताहव्यापि कार्यक्रमको पहिलो दिन मंगलवार कुर्चि दौड, रिले दौड लगाएतका खेल सम्पन्न भएका छन् । खेल अवधिभर साइकल दौड, घौटो फोर, चम्चा दौड, हाजिरिजवाफ, मिठाई दौड लगाएतका ३४ वटा खेलहरुमा प्रतिस्पर्धा गराइने बताईएको छ ।