इन्टलेक्च्यूअलमा वक्तृत्वकला

739

इन्टलेक्च्यूअलमा वक्तृत्वकला

बुटवल २३ भदौ । शिक्षा दिवसका अवसरमा इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगर मझुवामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । ‘मानव जीवनमा शिक्षाको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी भएका थिए ।

प्रतियोगितामा कक्षा १० बाट शुसिला सोमै प्रथम, मौषमी जर्घा द्वितीय र सचिन खनाल तृतीय भएका थिए । त्यस्तै कक्षा ९ बाट प्रथम प्रतिभा थापा, द्वितीय मोनिका थापा र तृतीय समिक्षा खत्री भए भने आधारभुत तहका विद्यार्थी विच हाजीरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । सो प्रतियोगितामा कक्षा २ देखि ७ सम्मका विद्यार्थीलाई कक्षागत समुहका आधारमा सहभागी गराइएको थियो ।

नर्सरी देखि कक्षा एक सम्मका विद्यार्थीलाई चित्रकला प्रतियोगिता गराइएको थियो । प्रतियोगिता पश्चात उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।