इन्टलेक्च्युअलमा नमुना निर्वाचन

559

इन्टलेक्च्युअलमा नमुना निर्वाचन

बुटवल, ६ जेठ । समसामयिक विषयलाई आधार बनाई बुटवल ११ कालिकानगर स्थित इन्टलेक्च्युअल एकेडेमी स्कुलमा शुक्रवार नमुना निर्वाचन गरिएको छ ।

विद्यालयमा समुह नेता, उपनेता र सचिव पदको छनौट गर्ने र निर्वाचनका वारेमा वालवालिकालाई जानकारी गराउने उद्देश्यले नमुना निर्वाचन गरिएको विद्यालय कोर्डिनेटर एवं प्रमुख निर्वाचन अधिकृत खुमबहादुर पालुङ्गेले बताउनु भयो । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सहभागि गराइएको उक्त नमुना निर्वाचनमा चार समुह मा तीन/तीन जना गरि १२ विद्यार्थी उम्मेदवार बनेका थिए ।

निर्वाचनबाट समुहगत रुपमा सबैभन्दा बढी मत प्राप्त गर्ने समुह नेता, दोस्रो हुने उपनेता र तेस्रो हुने सचिव भएका छन् । जसमा रेड हाउसमा समुह नेता दिब्या नेपाली, उपनेता सिमरन थापा र सचिव प्रविन अधिकारी भएका छन् । त्यसैगरि ब्लु हाउसमा नेता निकिता बराल, उपनेता दिप पछाई र सचिव निरुता पाण्डे भएका छन भने ग्रिन हाउसमा नेता प्रतिभा थापा, उपनेता रितिका खरेल र सचिव पुजा हितंङ्गा तथा एल्लो हाउसमा नेता पुरन बुढा मगर, उपनेता सरस्वती थापा र सचिव पोषण जिसी निर्वाचित भएका छन् ।