ईन्टलेक्च्युलमा महिला अभिभावक विच समुहगत तीजगित प्रतियोगिता

515

ईन्टलेक्च्युलमा  महिला अभिभावक विच समुहगत तीजगित प्रतियोगिता

बुटवल /बुटवल ११ कालिकानगर मजुवा स्थित ईन्टलेक्च्युल एकेडेमी स्कुलले तीजका अवसरमा अवसरमा महिला अभिभावक विचमा समुहगत तीजगित प्रतियोगितागरेको छ ।

महिला अभिभावक विचको सम्बन्धलाई प्रगाढ गराउने उदेश्यले बिधालयले नौलोखालको कार्यक्रम गरेको हो । सो अवसरमा माया ज्ञवाली,पूर्वसिद्धनगर देविनगरको समुह प्रथम ,सम्झना वस्यालशिवपथ मझुवाको समुह दोश्रा्रे तथा कल्पना पाण्डे मगर देविनगरको समुह तेश्रा्रे भएका छन् भने शान्ता आचार्य देवसिद्धचोक र मिना खनाल कालिकानगरकोसमुह सान्त्वना भएका छन् ।
पांच समुहको सहभागिता रहेको सो प्रतियोगिताको मुल्याकन लोकदोहोरी गित प्रतिष्ठान लुम्विनीका अध्यक्ष्य दिल्लीनारायण पाण्डे , गायिका अनुराधा घर्तिर रितु थापाले गरेका थिए । उत्कृट समुहलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो ।

सो कार्यक्रममागायक प्रचण्ड जीसि ,दिपु मगर डिल्लीनारायण पाण्डे ,अनुराधा घर्ति , रितु थापा लगायतले गित तथा नृत्य प्रस्तुत गरेका थिए भने बिर्धार्थीहरुले समेत नृत्यप्रद्धर्शन गरेका थिए । विधालयका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्ष्यतामा तथा प्राचार्य धु्रवराज पन्थी र शिक्षिका अम्बिका अर्याल  को संचालनमा सम्पन्न कार्यक्रममा प्रवन्ध निर्देशक रामराज पोख्रेललेस्वागतगर्नुभएको थियो ।