Wednesday 19th September 2018
  • New title for a=>html, img=>alt
  • आगु औषध दुव्र्यसन विरुद्ध जेसिज सप्ताह

    August 5, 2018


    बुटवल, २० साउन । बुटवल जेसिजले लागु औषध दुव्र्यसन विरुद्ध जेसिज सप्ताह सुरु गरेको छ । जेसिज सप्ताहको आईतबार बुटवलमा उद्घाटन गर्दै प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले ‘नयाँ जीवन’ लघु चलचीत्र समेत बिमोचन गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री बरालले युवा स्वथ्य हुन सके परिवार मात्रै नभएर देश पनि स्वस्थ्य बन्न सक्ने बताउनु भयो । उहाँले युवा नै देशको मेरुदण्ड भएको उल्लेख गर्दै जेसिजले युवालाई कुलतबाट जोगाउन गरेको प्रयासको प्रसंशा गर्नुभयो ।

    बुटवल जेसिजका अध्यक्ष यमप्रसाद तिवारीको अध्यक्षतामा भएको जेसिज सप्ताहको उद्घाटन कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. समिर गौतम, सिद्धार्थ गौतम बुद्ध क्याम्पसका क्याम्पस प्रमुख बाबुराम पाण्डे, सिद्धार्थ जेसिजका अध्यक्ष कमल भण्डारी, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डम्बर मल्ला लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संयोजक नरदेव न्यौपानेको संयोजनमा भएको कार्यक्रमको सञ्चालन महासचिव चन्द्रमणी भुसालले गर्नुभएको थियो ।

    बुटवल जेसिजले सञ्चालन गर्ने साताव्यापी सप्ताह कार्यक्रममा मूलतः लागु औषध दुव्यसनी विरुद्ध केन्द्रित गरिएको अध्यक्ष तिवारीले जानकारी गराउनु भयो । सामाजिक रुपान्त्रणकालागि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको जेसिज सप्ताह विशेषगरी यो वर्ष लागु औषध विरुद्धको गतिबिधिलाई प्राथमिकता दिएको हो ।

    यो कार्यक्रममा यस क्षेत्रका कजेजमा अध्ययन गर्ने करिव १ हजार ५ सय बिद्यार्थीका माझमा सञ्चालन गर्ने लक्ष्य लिईएको छ । सप्ताहको अन्तिम दिन दुब्र्यसन न्युनिकरणको लागि बुटवल उपमहानगर, नागरिक अगुवा, पत्रकार, संघसंस्थाका प्रमुख, प्रहरी र सरोकारवाला निकायसंग बुटवल नगरमा दुब्र्यसन कसरि न्युनिकरण गर्ने भन्ने विषयमा अन्तरक्रिया गरिने बुटवल जेसिजले जनाएको छ ।