सामाजिक उत्तरदायित्व बहन गर्दै बृद्धाश्रममा सरसफाई

628

सामाजिक उत्तरदायित्व बहन गर्दै बृद्धाश्रममा सरसफाई

बुटवल, ५ जेठ । तिलोत्तमा जेसिजले बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानीमा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु बृद्धाश्रम परिसरमा सरसफाई गर्नुका साथै सरसफाईका सामान प्रदान गरेको छ ।

तिलोत्तमा जेसिजले सामाजिक उत्तरदायित्व वहन गर्दै शनिबार बृद्धाश्रममा सरसफाईको कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष महेश शर्माले बताउनु भयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयले सामाजिक संस्थाहरुले सामाजिक काममा महत्वपूर्ण योगदान गरेर सरकारले गर्ने काम गरेको बताउनु भयो । उहाँले समाजिक संस्थाहरुको क्रियाशिलताले बुटवलको बिकास सम्भव भएको बताउँदै सामाजिक काममा योगदान गर्ने संस्थाहरुलाई प्रवद्धनात्मक कार्यक्रम सञ्चालन गर्न समेत नगरपालिकालाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा जेसिजे आश्रम परिसरमा सरसफाई गर्नुका साथै सरसफाईमा प्रयोग हुने सामानहरु डष्टविन, कुचो, ब्रस, हारपिक, लगायतका सामान समेत आश्रमलाई प्रदान गरेको थियो ।

तिलोत्तमा जेसिजका अध्यक्ष ईश्वर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले संघसंस्थाको सहयोगबाट नै आश्रम सञ्चालन भईरहेको बताउँदै बृद्धबृद्धाको सम्मानकालागि पनि सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजसेजी गणेश पाठक, जेसिजका पूर्व अध्यक्ष निशानबाबु कार्की, यादव भट्टराई, कानुनी सल्लाहकार जयप्रकाश भट्टराई, र्काक्रम संयोजक तथा उपाध्यक्ष महेश शर्मा लगायतले भनाई राखेका थिए ।