Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • काठमाडौंमा कांग्रेससँग डरायो कम्युनिष्ट गठबन्धन

    November 12, 2017


    काठमाडाैँ, २६ कार्तिक । नेपाली कांग्रेससँग चुनावी प्रतिस्पर्धामा रहेका एमाले–माओवादी गठबन्धनका उम्मेदवारहरू हतोत्साही देखिएका छन् । चुनावी प्रचारका क्रममा आफ्नो स्थिति कमजोर रहेको बुझेपछि उनीहरूले आ–आफ्नो पार्टीमा रिपोर्टिङ गरेको बुझिएको छ ।

    उम्मेदवारहरूको कमजोर स्थितिका कारण अब कम्युनिष्ट गठबन्धन विवेकशील साझासँग तालमेल गर्ने मनस्थितिमा पुगेका छन् । काठमाडौं १ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्रकाशमान सिंह सो क्षेत्रमा अत्यन्त बलियो मानिन्छन् ।

    यसअघि संविधानसभा निर्वाचनमा उनले सोही क्षेत्रबाट अत्यधिक मतसहित विजयी बनेका थिए । काठमाडौं २ का कांग्रेस उम्मेदवार दीपक कुइँकेल पनि सो क्षेत्रमा लोकप्रिय मानिन्छन् ।

    उनीसँग प्रतिस्पर्धामा रहेका माओवादी उम्मेदवार अनिल शर्माको स्थिति अत्यन्त कमजोर रहेकाले त्यहाँ विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई कम्युनिष्ट गठबन्धनले सहयोग गर्ने बुझिएको छ । त्यसको सट्टामा विवेकशील साझाले काठमाडौं २ का एमाले उम्मेदवार माधवकुमार नेपाललाई सहयोग गर्नुपर्ने सर्त अघि सारिएको छ ।

    गठबन्धनको रणनीतिबाट काठमाडौं १ का माओवादी उम्मेदवार अनिल शर्मा भने रुष्ट बनेको समाचार छ । त्यसैगरी बौद्धिक छवि बनाएका विवेकशील साझा पार्टीका काठमाडौं २ का प्रत्यक्ष उम्मेदवार सूर्यराज आचार्य पनि सो निर्णयमा सहमत हुन सकेका छैनन् ।

    उनीहरू दुवैलाई मनाएर जसरी पनि कांग्रेस उम्मेदवारलाई हराउने रणनीतिमा कम्युनिष्ट गठबन्धन रहेको र त्यसका लागि व्यापक गृहकार्य अघि बढेको स्रोतको दाबी छ ।{हरेकपल बाट }