कामना सेवा बैंकको धितोपत्र सूचिकरण स्थगित

464

कामना सेवा बैंकको धितोपत्र सूचिकरण स्थगित

बुटवल, २६ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कामना सेवा विकास बैंकको धितोपत्र सूचीकरण स्थगित गरेको छ । लाभांश प्रस्तावको सूचना ढीलो गरि नेप्सेलाई जानकारी गराएकाले बैंकको सूचीकरण स्थगित गरिएको हो ।

बैंकको यहि चैत २४ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय दुई दिनपछि मंगलबार (२६ गते) मात्रै नेप्सेमा जानकारी गराएको थियो । नेप्सेलाई ढिलो सूचना दिएपछि सूचीकरण स्थगित गर्नुका साथै २४ घण्टे स्पष्टिकरण माग गरेको छ ।

सूचीकरण विनियमावली २०७५ बैंकले उल्लंघन गरेकाले सूचना प्रवाहमा ढीलाई हुनुका कारण स्पष्टिकरण खोजिएको हो । धितोपत्रहरुको बजार मूल्ललाई प्रभाव पार्ने सूचनाहरु संचालक समितिले निर्णय गर्न साथ (कारोबार खुल्नु अघि) नेप्सेलाई सूचना उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।