कानुङ सहकारीमा नेतृत्व चयन

522

कानुङ सहकारीमा नेतृत्व चयन

बुटवल, १९ कात्तिक । बुटवल आदर्शनगर स्थित कानुङ बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट टोप बहादुर थापा निर्विरोध संस्थाको अध्यक्षमा चयन हुनु भएकोछ । बुटवलमा शनिबार सम्पन्न अधिबेशन वाट कोषाध्यक्षमा डि.वि. थापा तथा सदस्यहरुमा वेनप्रसाद थापा, चन्द्रमाया राना, युवराज काउछा, ठमि थापा र मन बहादुर राना सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै खेम बहादुर श्रीस मगर संयोजक तथा सनु थापा र दर्शन थापा सदस्य रहेको लेखा उपसमिति चयन गरिएको छ । साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा समिति संयोजक दिल बहादुर थापाले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन समेत पारित गरेको छ ।

संस्थाका अध्यक्ष जंग बहादुर श्रीसको अध्यक्षता, संस्थापक अध्यक्ष एवं समाजसेवी इ. हिराबहादुर भलामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी विकास बैंक बुटवलका शाखा प्रवन्धक मिलन पुन, सल्लाहाकारहरु ठाकुर राना, अधिवक्ता मदनकुमार पुन, सदस्य लोक कुमारी सारुलगायतले बोल्नु भएको थियो ।

सो अवसरमा असल ऋणी, शेयर सदस्यका उत्कृष्ट विद्यार्थी समेतलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका सचिव हरिदेव थापाको सञ्चालनमा सम्पन्न भएको थियो । बुटवल कार्यक्षेत्र रहेको कानुङ बचत तथा ऋण सहकारीमा ६ सय सदस्य आबद्ध छन् ।