इन्टलेक्च्यूअलमा खेल सप्ताह सम्पन्न , वर्षको उत्कृष्ठ खेलाडि कृतिराज ठाकुर

527

इन्टलेक्च्यूअलमा खेल सप्ताह सम्पन्न , वर्षको उत्कृष्ठ खेलाडि कृतिराज ठाकुर

 

बुटवल ५ माघ । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगर मझुवामा खेल सप्ताह सम्पन्न भएको छ ।

विद्यार्थीलाई किताबी ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाई उनिहरु भित्र रहेको आन्तरिक प्रतिभा लाई उजागर गर्ने उद्घेश्य सहित प्रारम्भ गरिएको सप्ताह व्यापी खेलकुद कार्यक्रम शुक्रवार सम्पन्न गरिएको हो ।

कक्षा नर्सरी देखि ९ सम्मका विद्यार्थीहरुलाई कक्ष्ाँगत र समुहगत रुपमा सिनीयर तथा जुनियरतर्फ विभाजन गरि प्रतिस्पर्धा गराइएको थियो ।

सप्ताहव्यापि कार्यक्रमको समापनको अवसरमा उत्कृष्ठ विद्यार्थीहरुलाई एक कार्यक्रमको विच पुरस्कृत गरियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहको अध्यक्षता अतिरिक्त क्रियाकलाप प्रमुख सुरेश कुमार चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक सुदिप घिमिरे र कोर्डिनेटर खुम पालु¨ेले स्वागत गर्नुभएको थियो । कार्यक्रममा म्यानेजि¨ डाइरेक्टर रामराज पोख्रेलले खेलले विद्यार्थीको चौतर्फि विकाश गर्ने धारणा राख्नुभएको थियो । सप्ताहव्यापि खेल अवधिभर सबै भन्दा बढि पदक प्राप्त गर्ने कृतिराज ठाकुरलाई यस वर्षको उत्कृष्ठ खेलाडि को पुरस्कार बाट सम्मान गरिएको थियो भने बर्षखेलाडिको रुपमा दोस्रो सरद पुन र तेस्रो सिरिष्मा अर्यालले पदक प्राप्त गरेका छन् । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई अध्यक्ष डिल्लीराज अर्याल म्यानेजि¨ डाइरेक्टर रामराज पोख्रेल, सञ्चालक प्रकाशचन्द« पाण्डे, सञ्चालक लक्ष्मण क“वर लगाएतले विद्यार्थिहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।