कोटईमाईमा महिलालाई कानुनी अभिमुखिकरण

886

कोटईमाईमा महिलालाई कानुनी अभिमुखिकरण

बुटवल, २९ माघ । कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र (सेलर्ड) रुपन्देहीले आयोजना गरेको दुई दिने कानुनी अभिमुखिकरण कार्यक्रम सकिएको छ । युकेएड, सर्चफर कमन ग्राउण्डको सहकार्यमा रुपन्देहीको कोटईमाई गाउँपालिकामा महिला निगरानी समुहहरुको लागि कानुन अभिमुखिकरण तालिम आयोजना गरिएको थियो ।

कोटहीमाईको मझगावाँमा भएको तालिममा अधिवक्ता पुष्पालक्ष्मी श्रेष्ठ, कोटहीमाई गाउँपालिका प्रशासकीय अधिकृत गणेश घिमिरे, ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरिक्षक पदमबहादुर थापा, महिला बिकास निरिक्षक रमा पौडेल र कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्रकी कानुनी अधिकृत हेमा न्यौपानेले नयाँ संविधानमा भएका कानुनी व्यबस्थाका बारेमा प्रशिक्षण गरेका थिए ।

गाउँपालिकाका महिला सहकारीमा रहेका महिलाहरुकालागि सञ्चालन गरिएको तालिममा घरेलु हिंसा, महिला हिंसा, अंशवण्डा, लेनदेन, जातीय छुवाछुत, मानव अधिकार लगायतका बिषयमा प्रशिक्षण गरिएको आयोजक सेलर्ड रुपन्देहीकी संयोजक राधा भट्टराईले जानकारी दिनुभयो ।

तालिम समापन कार्यक्रममा कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले जिल्लाको दुर्गम क्षेत्रमा रहेका महिलाहरु कानुनी कुराहरुमा समेत धेरै पछाडी भएकाले उनीहरुलाई कानुन तथा न्यायको पहुँचमा पु¥याउन यस्ता कार्यक्रम फलदायी हुने बताउनु भयो ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष भानमती बानीयाले गाउँपालिकामा धेरै हिंसापिडित महिलाहरु भएपनि हिंसालाई दवाएर राख्न बाध्य भएको बताउनु भएको थियो । यस्ता कार्यक्रमबाट महिलालाई न्याय खोज्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।