‘कुमार सानु लाईभ ईन लुम्बिनी’ हुँदै

796

‘कुमार सानु लाईभ ईन लुम्बिनी’ हुँदै

बुटवल, असार । लुम्बिनीमा पहिलो पटक भारतका सुप्रसिद्ध गायक कुमार सानुको एकल साझ हुने भएको छ । आयोजक इफोर ईन्टरटेनमेन्ट प्रा.लि.ले बुटवलमा पत्रकार सम्मेलन गरी आगामी भदौ १ गते मणिग्रामको ड्रिमल्याण्डमा पहिलो पटक भारतीय गायक कुमार सानुको एकल साझ हुने जानकारी गराएको हो ।

भारतका सुप्रसिद्ध गायक कुमार सानुले नेपाली र हिन्दी गरी लगभग ३० भन्दा बढी आफना चर्चित गितहरु सहित लाइभ ब्याण्ड का साथ पस्तुत हुने प्रा.लि का प्रमुख कार्यकारी अधिकृत दिपक घिमिरे जानकारी गराउनु भयो । भारतको प्रख्यात फिल्म फेयर एवार्डदेखि पद्म श्रीसम्मको सम्मानबाट सम्मानित भईसकेका गायक कुमार सानु ९० को दशकका सर्वाधिक सफल गायक मानिन्छ ।

२० हजार भन्दा बढी गीतमा आवाज दिएका कुमार सानुले करिव ५ सय नेपाली गीत समेत गाएको बताईएको छ । र उनको यो प्रदेश पाँचमा पहिलो एकल साँझ हो । इफोर ईन्टरटेनमेन्ट प्रा.लि ले लुम्बिनीमा आयोजन गर्ने अन्तर्राष्ट्रिय स्तरको यस कार्यक्रममा नेपाली चर्चित गायिका देवीका बन्दनाले पनि कुमार सानु संगै आफनो प्रस्तती दिनु हुने भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इफोर ईन्टरटेनमेन्ट प्रा.लिका प्रमुख कार्यकारी अधिकृत घिमिरेले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीमा कार्यक्रम छनौट गरिएकाले यहाँको पर्यटन प्रवद्र्धनमा समेत एउटा ईटा थपिने बताउनु भयो ।

त्यस्तै गायिका देवीका बन्दनाले यस अंगाडी काठमाण्डौमा भएको एकल साँझमा कुमार सानुले लुम्बिनीमा कार्यक्रम गर्ने चाहना राखेको बताउँदै ईफोर ईन्टरटेन्मेन्टले कार्यक्रम बनाएर उहाँको चाहना र यस क्षेत्रमा संगीत प्रेमी महानुभावको आकांक्षाको मिलन बिन्दु बनाएको बताउनु भयो । विश्व शान्तिको केन्द्र लुम्बिनीमा कुमार सानुको आगमनले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत एउटा ईटा थपिने उहाँको विश्वास छ ।

पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद ओझा, महेशमान सिंह, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।