बरामद गरिएको लागु औषध नष्ट

863

बरामद गरिएको लागु औषध नष्ट

बुटवल, ३० कात्तिक । प्रहरीले बरामद गरेको ठूलो परिमाण लागु औषध शुक्रबार ईलाका प्रहरी कार्यालय बुटवलको परिषरमा नष्ट गरिएको छ । प्रहरीले बिभिन्न मितिमा बिभिन्न स्थानमा बरामद गरेको लागु औषध बिहिबार पत्रकारहरुको रोहवरमा जलाएर नष्ट गरेको हो ।

प्रहरीले यहि कात्तिक १७ गते बुटवल उपमहानगरपालिका वडा नं. १३ मा जनक घर्ती, नहारी थारु र टिका रासकोटीको साथबाट ३७ किलो लागु औषध चरेश बरामद गरेको थियो ।

त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं. ६ ट्राफिकचोकमा यहि कात्तिक १८ रबि कार्कीको साथबाट नुफिन ५८ एम्पुल्स, फेनरागन ५८ एम्पुल्स र डाईजेपाम ५८ एम्पुल्स, सोही मितिमा बुटवल ९ मा अजय सुनारको साथबाट नुफिन ३५ एम्पुल्स, फेनरागन ३५ एम्पुल्स र डाईजेपाम ३५ एम्पुल्स बरामद गरेको थियो भने यहि कात्तिक २० गते बुटवल ९ मा मनोज कार्कीको साथबाट नुफिन ३० एम्पुल्स, फेनरागन ३० एम्पुल्स र डाईजेपाम ३० एम्पुल्स बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो ।

त्यसरी बरामद गरिएको करिव ४० लाख रुपैंया अन्तर्राष्ट्रिय मुल्यको लागु औषध नष्ट गरिएको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा प्रतिवन्धित लागु औषध चरेरको उत्पादन स्थलमा प्रतिकिलो एकलाख रुपैंया सम्म पर्ने पनि उहाँले जानकारी गराउनु भयो । लागु औषध सहित पक्राउ गरेका उनीहरुलाई लागु औषध ओसार पसार तथा बेचबिखन मद्धा चलाएको प्रहरीले जनाएको छ ।