जुनियर लन टेनिस प्रतियोगिता सम्पन्न

669

जुनियर लन टेनिस प्रतियोगिता सम्पन्न

बुटवल, १५ कात्तिक । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा बुटवल लन टेनिस क्लबको प्राविधिक सहयोगमा रुपन्देहीमा प्रथम जिल्ला स्तरिय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

रुपन्देही लन टेनिस संघको देवीनगर स्थित लनटेनिस कोटमा तीन उमेर समूहमा खेलाईएको प्रतियोगिता अन्तरगत १२ वर्षमुनिको खेलमा आयुष गुरुङ्ग प्रथम, रितेश ज्ञवाली द्वितीय र दिपेश ज्ञवाली तृतीय भएका छन् । यसैगरि ९ वर्षमुनिका खेलमा वृजेश अर्याल प्रथम, अनिस श्रेष्ठ द्वितीय र योगेश ज्ञवाली तृतीय भएका छन् ।

यसैगरि ८ वर्ष मुनिको खेलमा ओसङ थापा प्रथम, दिप्लप ज्ञवाली द्वितीय र निश्चल ज्ञवाली तृतीय भएका थिए । एक कार्यक्रमका बिच विजेता तथा उपविजेता खेलाडीलाई कप, प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतियोगितको समापन कार्यक्रममा रोटरी डिष्ट्रिकका एजी बालकृष्ण अर्यालले सामाजिक क्षेत्रका साथै खेल क्षेत्रमा पनि आफुहरुले थोरैभएपनि योगदान दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको बताउनुभयो । बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले क्लब मार्फत बच्चाहरुलाई खेल सिकाएर उमेर समूहका खेलाडी उत्पादनमा जिल्ला सक्रिय भएको बताउनुभयो ।

पाँच नम्बर प्रदेश कै एकमात्र लन टेनिस खेल मैदान तयार गरेर यस क्षेत्रबाट लन टेनिसको विकासको पहल थालेको समेत उहांले उल्लेख गर्नुभयो । फुटबल पछि विश्वमा सबैभन्दा बढि रुचाईने खेलका रुपमा लन टेनिस नेपालमा पछिल्लो समय आकर्षणका रुपमा रहेको छ । कार्यक्रममा क्लबका अध्यक्ष रमेश खनालले बालबालिकालाई खेलमा आकर्षण गर्न प्रतियोगिताको महत्वलाई बुझेर कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले आगामी वर्षदेखि क्वलको सदस्य स्वर्गीय राजकुमार श्रेष्ठको स्मृतिमा यो प्रतियोगितालाई निरन्तरता दिने पनि जानकारी गराउनु भयो । कार्यक्रममा खेल संयोजक विष्णुप्रसाद चापागाई, सचिव हरिशरण पाण्डेले सरकारले अब खेलमा लगानी गर्नुपर्ने बताउनुभयो ।