Thursday 18th January 2018
  • New title for a=>html, img=>alt
  • मदन भण्डारी स्पोर्टस् एकेडेमीले दौड र फूटसल गर्ने

    December 19, 2017


    बुटवल, पुस । विगतदेखि नै विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको मदन भण्डारी स्पोर्टस एकेडेमीले यसवर्ष पनि विभिन्न प्रतियोगिताहरु आयोजना गर्नेभएको छ ।

    एकेडेमीको बुटवल उप–महानगर कमिटिले आफ्नो ९ औं वार्षिकीको अवसर पारेर बुटवल उप–महानगरमा अन्तर मावि ५००० मिटर दौड र फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    एकेडेमीका अध्यक्ष विकासजंग बस्नेतले दिएको जानकारी अनुसार दौड प्रतियोगिता यही पौष १४ र फुटसल १८ गतेदेखि सञ्चालन गरिने छ । दौड प्रतियोगिता बुटवलको योगिकुटीदेखि ट्राफिकचोकसम्मको दुरीमा हुनेछ ।
    ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गर्न लागिएका यी प्रतियोगितामा आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । छात्रा र छात्रतर्फ छुट्टा छुट्टै पुरस्कार ब्यवस्था गरिएको दौड प्रतियोगिताका खेल संयोजक समुन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    जस अनुसार दैडतर्फ प्रथम पुरस्कार रु.८ हजार ८ सय ८८, दोस्रो रु. ५ हजार ५ सय ५५ र तेस्रो हुनेलाई ३ हजार ३ सय ३३ रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

    त्यस्तै फुटसल प्रतियोगितमा प्रथम हुनेलाई रु. २० हजार, दोस्रोलाई रु. १० हजार र तेस्रो हुनेलाई २ हजार नगद, कप, मेडल र प्रमाणपत्र पुरुकार दिइने फुटसल खेलका संयोजक प्रकाश क्षेत्रीले जानकारी दिनुभयो ।