Friday 25th May 2018
  • New title for a=>html, img=>alt
  • महाशिवरात्री हथौसा मेला आजदेखि शुरु

    February 13, 2018


    कपिलवस्तु १,फागुन । ऐतिहासिक, धार्मिक एवम् सास्कृतिक महत्व बोकेको प्राचिन मेलाको रुपमा परिचित महाशिवरात्री हथौसा मेला–२०७४ बाणगंगा नगरपालिका बडा नं. ११ र हेमराज माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आजदेखि विद्यालयको खेलकुद मैदान हथौसामा शुरु हुँदैछ ।

    विद्यालयको खेल मैदानमा यहि फागुनको ७ गतेसम्म चल्ने मेलामा कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य चन्द्रप्रकाश खनाल (बलदेव) ले उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ ।

    सात दिनसम्म सञ्चालन गरिने मेलामा विगत जस्तै यसपालि पनि प्रमुख आर्कषकको रुपमा मौतको कुवा, विभिन्न प्रकारका पिङहरु, थिएटर, जादु, विभिन्न स्थानिय परिकारहरु, कृर्षि उपजलाई बढवा दिनको लागी कुर्षि प्र्रदर्शनी स्टल तथा विविध सांस्कृतिक कार्यक्रमहरु रहेको मेला मुल व्यस्थापन समितिका अध्यक्ष तथा बडा नं.११ का वडा अध्यक्ष सोमनाथ अर्यालले जानकारी दिनुभयो ।

    महाशिवरात्रीको अवसर पारेर सञ्चालन गरिने मेला विगत भन्दा बैज्ञानिक ब्यवस्थापन सहित तयारी गरिएको छ । निशुल्क प्रवेशको व्यबस्था रहेको ऐतिहासिक मेला नेपाल र भारत दुवै तर्फ उच्च महत्वको मेलामा पर्ने गर्दछ ।

    मेलालाई सफल पार्न विभिन्न समिती तथा उपसमितीहरु निमार्ण गरिएको आयोजकले जानकारी गराएका छन् । साथै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागी ओदारी प्रहरी विट र भड्डिहवा प्रहरी विटका प्रहरी प्रमुखहरुको संयोजकत्वमा भगवानदास थारु स्वयम सेवक संयोजक रहने गरी सुरक्षा समिती निर्माण गरिएको छ ।

    करिव ५ सय स्टल रहेने मेलामा एक लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने तथा २ करोडको कारोवार हुने आयोजकले अनुमान गरेका छन् । मेलाको आम्दानीबाट बिद्यालयको निर्माणधिन ८ कोठे भवनलाई पूणता दिईने बताईएको छ ।

    अंघिल्लो वर्षको मेलाका खर्च कटाएर करिव १२ लाख रुपैंया आम्दानी भएको थियो भने यो वर्ष सोही हाराहारीमा आम्दानी हुने अपेक्षा गरिएको मेला प्रचारप्रसार समितिका संयोजक सुर्य चुँदालीले जानकारी दिनुभयो ।