Sunday 22nd July 2018
  • New title for a=>html, img=>alt
  • महिला शेयर सदस्यलाई व्यूटिपार्लर तालिम

    April 4, 2018


    बुटवल, चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा २ शँकरनगरमा सञ्चालित तिलोत्तमा बहुमुखी सहकारी संस्थाले संस्थाका महिला शेयर सदस्यलाई लक्षित गरेर व्यूटिपार्लर तालिम सञ्चालन गरेको छ ।

    तीन महिने व्यूटिपार्लर तालिमको मंगलबार नेशनल कोअपरेटर एलाईन्स रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै उहाँले सहकारीले महिला शेयर सदस्यलाई लक्षित गरेर सञ्चालन गरेको व्यूटिपार्लर तालिमले महिलालाई उद्यमशिल बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    तालिममा उक्त सहकारीका महिला शेयर सदस्य तथा शेयर सदस्यका परिवारका महिला सदस्य गरि ४० जना सहभागि छन् । तालिममा नेपाल व्यूटिसियन संघ तिलोत्तमाकी अध्यक्ष अञ्जना केसी र उर्मिला घर्तीले प्रशिक्षण गर्ने बताईएको छ ।

    तालिममा उत्कृष्ट हुने २० जनालाई थप व्यबसायिक तालिम प्रदान गरिने र उद्यमशिलताकालागि सहकारीले लगानी गर्ने अध्यक्ष माधवलाल देवकोटाले बताउनु भयो ।

    तालिममा उक्त सहकारीका संस्थापक अध्यक्ष यमबहादुर खत्री, रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, टेकराज पौडेल, हरिलाल पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । तालिम राममाया पौडेलको संयोजन र सचिव पार्वती थापाको सञ्चालनमा भएको थियो ।