Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट

    December 3, 2017


    बुटवल १७ मंसिर /    नेपाली काँगे्रसका तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट गराइएको छ । धनगढीबाट सिराहा तर्फ जाँदै गरेको बा७ च १९५८ न को गाडीमा सवार खाँडलाई लक्षित गरेर कपीलवस्तुको चन्द्रोटा निजीकै विस्फोट गराइएको हो । विस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरिएको छ । हिजो राती ९.३० को समयमा ठुलो आवाजसहितको विस्फोटले गुडीरहेको गाडीको अगाडीको सिसा फुटेर उम्मेदवार खाँडलाई चोट लागेको छ । चालकको देबे्र साइड अगाडी भागमा बस्नु भएकी खाँडको सीसाले गाला र हातमा चोट लागेको छ । राजमार्गको खुला ठाउँमा गरिएको विस्फोटले आंतकित बनाएको र भाग्यले बाँचेको नेता खाँडले प्रतिक्रिया दिनु भयो । सामान्य उपचार र गोरुसिंगे प्रहरी चौकीमा घटना विवरणसहितको निवेदन दिएर खाँड अहिले सिराहा क्षेत्र न ४ मा रहनु भएको छ । घटना बारे प्रहरीलाई पूर्ण जानकारी गराइदा पनि सञ्चारमाध्यमलाई जानकारी नगराइनु र थप अनुसन्धान प्रक्रिया बारे नप्रष्टयाउनुले खाँड रुष्टसँगै आक्रोशित हुनुहुन्छ ।