माओवादीको सम्भावना वलियो : पुन

339

माओवादीको सम्भावना वलियो : पुन

बुटवल, भदौ । पुर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले तल्लो तहसम्म पार्टीका नीति तथा कार्यक्रम लैजान सके माओवादी केन्द्रको सम्भावना वलियो रहेको बताउनु भएको छ ।

माओवादी केन्द्र रुपन्देहीको सचिवालयको वैठकमा उहाँले नीति, उद्देश्य र एजेण्डामा पार्टीको जित भएको बताउंदै तल्लो तह सम्म संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भयो । पोलिटव्युरो सदस्य डिलाराम आचार्यले माओवादीलाई कसैले निषेध गरेर जान नसक्ने बताउनु भयो । विहीवार बुटवलमा भएको वैठकले एक महिना भित्र जिल्लाको १६ वटै स्थानीय तहमा पार्टी तथा जन वर्गिय संगठनको वैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले विनोद पहाडीलाई सूचना सञ्चार, हरि घिमिरेलाई प्राध्यापक शिक्षक, पुष्पराज ढकाललाई स्वाथ्य तथा कर्मचारी र विनोद उपाध्यायलाई मधेशको जिम्मेवारी तोकिको बताईएको छ । त्यसैगरी वैठकले पोलिटव्युरो सदस्य निमानन्द गैरेको संयोजकत्वमा अनुप वराल र लक्ष्मी कोईराला सदस्य रहेको तीन सदस्यीय निर्वाचन अनुगमन तथा छानविन समिति गठन गरेको छ ।