मेडिटेकको खेलकुद सप्ताह सकियो

761

मेडिटेकको खेलकुद सप्ताह सकियो

बुटवल, २६ पुस । मेडिटेक इन्टरनेश्नल एकाडेमीले सामान्य चिकित्सा कार्यक्रमका बिद्यार्थीकालागि आयोजना गरेको खेलकुद सप्ताह सकिएको छ । यहि पुसको २२ देखि सञ्चालन गरिएको खेलकुद सप्ताह अन्तरगत बिभिन्न प्रतियोगिता गरिएको थियो ।

खेल सप्ताह अन्तरगत भएको भलिवल प्रतियोगितामा समुह सी प्रथम भएको छ । हाईजम्पमा पुरुषतर्फ सञ्जिव गौतम प्रथम, लक्ष्मण सापकोटा द्वितीय, सुदिपकुमार बोहोरा तृतीय भएका छन् । त्यस्तै हाईजम्प महिला तर्फ पुजा थारु प्रथम, बिमला ढेगा मगर द्वितीय, सुशिला नेपाली तृतीय, लङ्जम्प पुरुष तर्फ सुनिल बोहोरा प्रथम, सुरेसबहादुर दमाई द्वितीय र सुदिपकुमार बोहोरा तृतीय तथा लङ्जम्प महिला तर्फ ममता बस्नेत प्रथम, सुशिला नेपाल द्वितीय र पुजा थारु तृतीय भएका छन् ।

त्यस्तैगरी पुरुष तर्फ २ किलोमिटर सेमि म्याराथुनमा सुरेशबहादुर धामी प्रथम भएका छन् भने महिला तर्फ १ किलो मिटर सेमि म्याराथुनमा सुशिला नेपाली प्रथम भएकी छन् । सप्ताह अन्तरगत पुरुष तथा महिला सय मिटर दौड, वक्तृत्व कला, बादविवाद प्रतियोगिता, म्युजिकल चियर, घैटो फोर, व्याडमिन्टन, स्पोन रेस लगायतका प्रतियोगिता गराईको कार्यक्रम संयोजक तथा कलेजका प्रशासकीय अधिकृत ईन्द्र विश्वकर्माले जानकारी दिनुभयो । समापनका अवसरमा उक्त कलेजका बिद्यार्थी र पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका प्रशिक्षार्थी बिच भएको मैत्रीपूर्ण खेल भएको थियो । उक्त मैत्रीपूर्ण खेलमा तालिमकेन्द्रका बिद्यार्थीले २÷१ को सेटमा जित हासिल गरेका थिए ।

पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको समापन कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक वरिष्ठ प्रहरी उपरिक्षक उत्तम सुवेदीले खेलकुदले मानिसको सामाजिक, मानसिक तथा संवेगात्मक बिकासमा मद्धत पुग्ने बताउनु भयो । स्वास्थ्यकालागि पनि खेलकुद महत्वपूर्ण भएकाले स्वास्थ्य सम्बन्धि अध्ययन गर्ने बिद्यार्थीलाई खेलको माध्यमबाट समेत अंगाडी बढाउन सके स्वास्थ्यकालागि अझै राम्रो हुने बताउनु भयो ।

मेडिटेक इन्टरनेश्नल एकाडेमीका अध्यक्ष पुरुषोत्तम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मेडिटेक इन्टरनेश्नल एकाडेमीका कार्यकारी निर्देशक गोबिन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, तालिम केन्द्रका सहसमादेशक प्रहरी नायव उपरिक्षक मेघराज कंडेल, मेडिटेक अस्पतालका मेडिकल कोर्डिनेटर डा. गोपाल प्रसाद ज्ञवाली, सञ्चालक डा. सुदर्शन थापा लगायतले भनाई राखेका थिए । कार्यक्रमको समापनमा प्रतियोगिताका विजेतालाई प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।