‘ल्यावको रिपोर्ट सहि नभए गलत उपचार’

859

‘ल्यावको रिपोर्ट सहि नभए गलत उपचार’

बुटवल, २५ जेठ । मेडिकल ल्याब्रोटरी एशोसियशन अफ नेपाल (मेलान) रुपन्देहीले संस्था स्थापना दिवसको अवसर पारेर अन्तरक्रिर्या कार्यक्रम गरेको छ । संस्था स्थापना भएको १४ औं वर्ष प्रवेश गरेको अवसरमा आईतबार बुटवलमा ‘गुणस्तरीय प्रयोगशाला, आजको आवश्यकता’ अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य परिक्षणको प्रमुख काम ल्याव परिक्षण भएकाले ल्यावको गुणस्तर र ल्यावमा कामगर्ने जनशक्तिको दक्षतामा जोड दिएका छए ।

कार्यक्रममा बोल्दै मेलानका केन्द्रीय उपाध्यक्ष रमेश पाण्डेले ल्यावबाट रोगको सहि पहिचान हुन नसके बिरामीले सहि उपचार पाउन नसक्ने भन्दै बिरामीको सहि उपचारकालागि ल्यावको गुणस्तर र काम गर्ने जनशक्ति दक्ष हुनु पर्ने भनाई राख्नुभयो । मेलानले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन नीजि तथा सरकारी क्षेत्रबाट सञ्चालित प्रयोगशालाको भौतिक पूर्वाधारको स्तरोन्नति र प्रयोग हुने केमिकल्स, यन्त्र तथा उपकरणको प्रमाणीकरण लगायतमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

मेलानका पुर्व केन्द्रीय सचिव खेम अर्यालले ल्याबमा हुने स–साना गल्तीका कारण सेवाग्राहीको ज्यान जोखिममा पर्ने भएकाले आफ्नो पेशा प्रति इमानदार र कर्तव्यनिष्ठ हुनु पर्ने बताउँदै आपसी अस्वस्थ्य प्रतिस्पर्धा हटाउनु पर्ने भनाई राख्नुभयो । मेलान प्रदेश पाँचका उपाध्यक्ष मानबहादुर श्रेष्ठले निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाको सेवालाई चुस्त, गुणस्तरीय, जनपक्षीय, व्यबस्थित र मर्यादित बनाउन मेलान र सरकारी संयन्त्र बिच समन्वय आवश्यक रहेको भनाई राख्नुभयो ।

मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रम बालकृष्ण पौडेलको स्वागत र सचिव अमर थापाको सञ्चालनमा भएको थियो ।