मिस देवदहको पहिलो अडिशनबाट १६ जना छानिए

782

मिस देवदहको पहिलो अडिशनबाट १६ जना छानिए

 बुटवल, ७ साउन । रुपन्देहीको देवदहमा डल्फिन मिस देवदह २०७४ को पहिलो अडिशन शुरु भएको छ । वरवेरी फेशन हाउस बुटवलको आयोजनामा भएको पहिलो अडिशनमा झण्डै तीन दर्जन युवतिहरुले सहभागिता जनाएका थिए ।

दश जोड दुई र स्नातक तहका युवा विद्यार्थीहरुको आन्तरिक प्रतिभालाई बाहिर निकाल्नका लागि आयोजना गरिएको प्रतियोगितामा देवदह नगरपालिकाका युवतिहरुले मात्र सहभागिता जनाएका छन् ।

पहिलो अडिशन शुभारम्भ कार्यक्रममा डल्फिन एजुकेशनल बुटवलका म्यानेजिङ्ग डाईरेक्टर सुनिलराज जोशी, बरबेरी फेशन हाउसका संचालक एलिजा तुलाधर, निल डेभिड सलुनका संचालक मोहन ठाकुर, कोरियोग्राफर रेशम न्यौपाने, गुरुङ्ग स्पोर्टका संचालक मोहन गुरुङ्ग, महिला शिक्षक अन्जु श्रेष्ठ, संचारकर्मी सुमन श्रेष्ठ, मेकअप आटिस्ट विन्जु थापा लगायतले यस्ता कार्यक्रमले युवतिहरुमा देखिएको भित्री र बाहिरी सुन्दरतालाई बाहिर ल्याउनका लागि ठुलो भूमिका खेल्ने भएकाले कार्यक्रमको निरन्तरताको कामना गर्नुभयो ।

सुजित बस्यालको संचालनमा भएको पहिलो अडिशनबाट १६ जना युवतिहरु छनोट भएका छन् ।