Friday 25th May 2018
  • New title for a=>html, img=>alt
  • सुत्केरी महिला मृत्युको तथ्य पत्ता लगाउन छानविन समिति

    February 6, 2018


    बुटवल, २३ माघ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सुत्केरी हुन आएकी महिलाको मृत्यु भएको विषयलाई लिएर तनाव उत्पन्न भएपछि छानविन समिति गठन गरिएको छ ।

    अस्पताल बिकास समिति, अस्पताल प्रशासन र पिडित पक्ष बिच मंगलबार भएको वार्ताबाट डा. राजेन्द्रप्रसाद खनालको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको हो । गत आईतबार अस्पतालमा सुत्केरी हुन आएकी पाल्पा माथागढी गाउँपालिका झँडेवाकी ३२ वर्षीय भगवती अधिकारीको निधन भएको थियो ।

    चिकित्सक तथा स्वास्थ्य कर्मीको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले सत्यतथ्य आउनु पर्ने र दोशीलाई कारवाही गरि मृतक अधिकारीका ७ वर्षीय छोराको संरक्षण गर्नुपर्ने माग गरेका थिए । मंगलबार भएको दुईपक्षिय वार्ताबाट उक्त घटनाको सत्य तथ्य छानविन गर्न बनेको समितिको प्रतिवेदन अनुसार यदि चिकित्सक र स्वास्थ्य कर्मीको लापरवाहीका कारण यस्ता घटना दोहोरिरहेका हुन् भने त्यसलाई सुधार गर्न कुनै करस बाँकी नराख्ने अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले बताउनु भयो । छानविन समिति बनेपछि मृतका आफन्तले शव बुझेका छन् ।

    उक्त छानविन समितिमा सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलका डा. राजेन्द्र बस्याल, अञ्चल अस्पतालका कर्मचारी माधव घिमिरे तथा पिडित पक्षका तर्फबाट जनेश पन्थी र अञ्जना ताम्राकार छन् । यद्यपी निधन भएकी महिलाको एम्युनिटी फ्युटका कारण मृत्यु भएको हुन सक्ने अस्पतालले प्रारम्भिक अनुमान गरेको छ । गर्भवती महिलालाई व्यथा लागेपछि पाठेघरमा बच्चा पौडने पानीको फोका आफै फुट्छ । यदि फुटेन भने फुटाउनु पर्छ । त्यससंगै पाठेघर खुम्चिने र फुक्ने गर्छ ।

    त्यसक्रममा पाठेघरबाट निश्केका खराव कुराहरु भेनम तिर जाने र नशा हुँदै शरीरका अन्य भागमा गएर फोक्सो रोकिन सक्छ । यसैलाई मेडिकल भाषामा एम्युनिटी फ्युट भनिने लुम्बिनी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद खनालले बताउनु भयो ।

    अस्पतालमा निधन भएकी भगवती अधिकारी बिहान ७ वजे अस्पतालमा भर्ना हुनु भएको थियो । चिकित्सकहरुको सल्लाह अनुसार नै व्यथा लगाउने औषधी खुवाईयो । १० बजे डाक्टरहरु राउण्डमा गए । त्यसबेला उहाँमा राम्रो सुधार पनि भएको थियो । त्यहि अनुसार डाक्टरहरुले सल्लाह दिए । करिव साढे ११ बजे उहाँलाई स्वास प्रस्वासमा समस्या देखियो र डाक्टरहरुको टिमले थप उपचार सुरु गरेपनि उहाँलाई सुधार हुन भने नसकेको मेसु डा. खनाल बताउनु हुन्छ । प्रारम्भिक अध्ययनबाट एम्युनिटी फ्युट देखिएपनि सत्यतथ्य कुरा पोष्टमार्टमबाट थाहा हुने उहाँले बताउनु भयो ।