एन प्याब्सनको आयोजनामा सातौं खेलकुद कार्यक्रम

520

एन प्याब्सनको आयोजनामा सातौं खेलकुद कार्यक्रम

बुटवल, ३ माघ । राष्ट्रिय नीजि तथा आवाशिय बिद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीको आयोजनामा बिहिबारदेखि सातौं जिल्ला स्तरीय खेलकुद कार्यक्रम २०७४ हुँदैछ ।

बिद्यार्थीलाई पठनपाठनका अतिरिक्त बहुआयामिक क्षमता अभिबृद्धि गर्नकालागि खेलकुद कार्यक्रम आयोजना गरिएको बुधबार एन प्याब्सन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष देउप्रकाश राईले बताउनु भयो । बुटवल देवीनगर स्थित एन्फा एकेडेमीको खेल मैदानमा आजदेखि तीन दिनसम्म सञ्चालन हुने खुलकुद कार्यक्रममा जुनियर तथा सिनीयर गरी छात्र छात्रा भलिवल, टेवल टेनिस लगायतका प्रतियोगिताहरु सञ्चालन गरने छ ।

जसमा सर्बोत्कृष्ट बन्ने बिद्यालयले रनिङ् शिल्ड प्राप्त गर्ने छ । उक्त रनिङ् शिल्ड अंघिल्लो वर्ष देवदह ईङ्लिस बोर्डिङ् स्कुलले जितेको थियो । खेलकुद कार्यक्रममा एन प्याब्सन रुपन्देहीमा आवद्ध ३३ बिद्यालयका १ हजार ७२८ बिद्यार्थी प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक बिल गुरुङ्द्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एन प्याब्सन आवद्ध रुपन्देहीका ३३ बिद्यालयमा करिव १५ हजार बिद्यार्थी पठन पाठन गर्ने बताईएको छ । प्रतिस्पर्धामा विजयी हुने बिद्यार्थी र बिद्यालयलाई शिल्ड, ट्रफि तथा प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको बिहिबार एन प्याब्सनका केन्द्रीय अध्यक्ष रितुराज सापकोटाले उद्घाटन गर्नुहुने छ भने उक्त प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, लगायत शैक्षिक व्यक्तित्वहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सचिव जेवी क्षेत्रीले जानकारी दिनुभयो ।