Thursday 23rd November 2017
  • New title for a=>html, img=>alt
  • नवयुवा सेमिफाइनलमा

    September 5, 2017


    बुटवल, १९ भदौ । १७ औँ लिस्नु कप नकआउट फुटवल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल विजयी हुंदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    पशुपति उच्च मावि कोटिहवाको मैदानमा सोमबार सम्पन्न खेलमा नवयुवा भैरव एफ सी नवलपरासीविरुद्ध ट्राइब्रेकरमा दुईका विरुद्ध तीन गोलले विजयी भएको हो । समूह बीको विजेता बनेको नवयुवाले अब पहिलो सेमिफाइनल खेल भदौ २३ गते समूह एको विजेता डिवाईसी कोटहीमाई संग खेल्ने छ । नवयुवाको जितका लागि उमेश थापा, सरोज थापा र शुशिल लामाले आफ्नो प्रहारलाई गोलमा परिणत गर्न सफल भएका थिए भने टिमका करन भाष्कर र सरोज थापाले गोल गर्न सकेनन् ।

    भैरव एफसीकातर्फबाट विदुर सिंह र अजय थापा मगरले मात्रै गोल गर्न सफल भए भने कान्छा गुरुङ, मन्दिप थापा र अमृत गुरुङको प्रहार असफल भयो । मंगलबारको खेलको म्यान अफ द म्याच नवयुवाका गोलकिपर सोजित गुरुङ घोषित भए । सोजित अण्डर नाइन्टिन राष्ट्रिय फुटबल टिमका खेलाडी हुन् ।
    बुधबारको तेस्रो क्वाटरफाइनल खेल एवाईसी अञ्चलपुर र सुपौली एफसी ढेकारबीच हुने आयोजक लिस्नु युवा क्लबका सह–सचिव मनोज क्षेत्रीले जानकारी दिनुभयो ।