नागरिक समाजको क्षेत्र र उपमहानगर समिति गठन

485

नागरिक समाजको क्षेत्र र उपमहानगर समिति गठन

बुटवल, ५ भदौ । नागरिक समाज रुपन्देही अन्तर्गत क्षेत्रीय समिति र बुटवल उपमहानगर समिति गठन भएको छ । मंगलबार बुटवलमा सम्पन्न नागरिक भेलाले शान्ताराम गिरीको अध्यक्षतामा रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय समिति र नरेन्द्र दर्जीको अध्यक्षतामा बुटवल उपमहानगर समिति गठन गरेको हो । क्षेत्रीय समितिको उपाध्यक्षमा रुद्रलाल उपाध्याय, सचिवमा राजेन्द्र पाण्डे, सह सचिवमा रमा केसी, कोषाध्यक्षमा शान्तिदेवी गिरी रहेका छन् ।

समितिको सदस्यहरुमा कृष्णप्रसाद भुसाल, वसन्ता खनाल, तुलसी भुसाल, रामबहादुर खड्का, सेरबहादुर पाण्डे, खड्कबहादुर क्षेत्री, घनश्याम ज्ञवाली, बद्रीप्रसाद थैव, जुद्धबहादुर बिक, ढालबहादुर कार्की, नरप्रसाद खनाल, डवल विसी रहेका छन् । समाजको बुटवल उप महानगर समितिको उपाध्यक्षमा अरुणकुमार श्रेष्ठ, सचिवमा खगेन्द्र पौडेल, सह सचिवमा हेम बहादुर पछाई, कोषाध्यक्षमा निरु थापा रहेका छन् । समितिको सदस्यहरुमा विजयरत्न शाक्य, कुमार पहाडी, आनन्द भगत, खेमराज पाठक, गौतम कालिराज, चुरामणी पौडेल, सीता बस्नेत क्षेत्री, रामबहादुर थापा, अर्जुन घिमिरे, निर्मला सुनार, श्याम पाठक, रुद्रबहादुर ज्ञवाली, लोकनाथ न्यौपाने, नरु थापा, तिलबहादुर क्षेत्री, विजय गुप्ता रहेका छन् ।

नागरिक समाज रुपन्देहीका अध्यक्ष रेशम केसीको सभापतित्व र पुर्व मन्त्री प्रकाश चित्रकारको प्रमुख आतिथ्यतामा सम्पन्न नागरिक भेलामा बोल्दै चित्रकारले नागरिक समाज विशुद्ध समाज सेवामा समर्पित संस्था भएकाले सोही अनुरुपको आचरण र व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नागरिक समाज रुपन्देहीका सल्लाहकार शक्ति सापकोटाले नागरिक समाजको दायित्व आम नागरिकका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने रहेको बताउदै सोही अनुरुप नागरीकको सेवामा समर्पीत हुन नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभयो ।

नागरिक सामाज रुपन्देहीका प्रमुख सल्लाहकार ज्ञानदेव हटुवालले वर्तमान अवस्थामा नागरिक समाजको जिम्मेवारी र भुमिका बढेर गएको भन्दै समाजले आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्दा कसैको दवाव र प्रभावमा पर्न नहुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका जिल्ला उपाध्यक्ष श्रीराम गुप्ता, सह सचिव वावुलाल यादव लगायतले नागरिक समाज रुपन्देहीले यस अघि गरेका गतिबिधिबारे जानकारी गराउदै आगामि दिनमा अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी आएको बताएका थिए ।