Monday 22nd October 2018
  • New title for a=>html, img=>alt
  • नयाँ वर्षको शुभकामना आदान प्रदान

    April 2, 2018


    बुटवल, चैत । उद्घोषण तथा पत्रकारिता तालिम सञ्चालन गर्दै आएको बुटवलको अन एयर मिडिया सेन्टरले नयाँ वर्ष नजिकिँदै गर्दा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

    आईतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले आउँदै गरेको २०७५ साल शान्ति र समृद्धिको वर्ष बन्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता मुक्तिराज पौडेलले प्रतिभावान युवाहरु जागिर खाने भन्दा पनि उत्पादनशिल क्षेत्रमा लाग्नपर्ने वेला आएको बताउँदै त्यहीबाट शान्ति र समृद्धिको थालनी हुने बताउनु भयो ।

    अन एयर मिडिया सेन्टरका प्रवन्ध सञ्चालक गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि महेन्द्र भण्डारी, नेपाल प्रेस युनियन रुपन्देहीका सचिव कबिन्द्र नेपाल, महिला उद्यमी शान्ति शर्मा, खेमानन्द पाठक, राम भण्डारी लगायतले शुभकामना व्यक्त गर्दै अन एयर मिडिया सेन्टरले सञ्चालन गरेका तालिम कार्यक्रमलाई अझै बढी प्रभावकारी र गुणस्तरीय बनाउन सुझाव दिएका थिए ।