एनसिडी बैंकको हकप्रद शेयर खूल्यो

526

एनसिडी बैंकको हकप्रद शेयर खूल्यो

बुटवल, २५ असोज । बुटवलमा केन्द्रिय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले साविकका शेयर धनिलाई निष्काशन गर्न थालेको १२० प्रतिशत हकप्रद शेयरको बुधबारदेखि विक्री तथा निष्काशन खुल्ला गरेको छ । उक्त हकप्रद शेयर खरदि गर्न गत असोज १७ गते सम्म कायम शेयरधनिहरुले कार्तिक २९ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

रुपन्देही, नवलपरासी र चितवनमा १० वटा शाखा तथा विस्तारित शाखा कार्यालयहरु मार्फत २३ हजार २०० निक्षेप कर्तालार्ई ए.टि.एम, सन्ध्याकालिन, लकर, निशुल्क ए.बि.बि.एस., इलेक्ट्रोनिक चेक क्लियरिङ र ३६५ दिने बैकिङ् लगायतका बित्तिय सेवा प्रदान गर्दै आएको उक्त बैंकको अधिकृत पूँजी ६० करोड तथा चुक्ता पूँजी २२ करोड २ लाख ९४ हजार ९ सय, निक्षेप १ अरब ९६ करोड, कर्जा लगानी १ अरब ६० करोड र निष्कृय कर्जा ०.५१ प्रतिशत रहेको जनाईएको छ । त्यस्तै गत असार मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार रु. ५ करोड ६७ लाख संचालन मुनाफा गरेको छ ।

बैकले साविकका रानिवगिया, शंकरनर र बुद्धचोक एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गर्ने तथा रुपन्देही जिल्लाका तिलोत्तमा –८, शिवपुर, ओमसतिया गाउँपालिका–१, ठुटीपीपल, सियारी गाउँपालिका–४, अमवा र सुद्धोधन गाउँपालिका–५, मानपकडीमा नयां शाखाहरु स्थापना गर्ने र आश्वा एवमं एस. एम. एस. सेवा लागु गर्ने प्रक्रियामा रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भक्तबहादुर खडकाले जानकारी दिनुभयो ।

निष्कासनको प्रकृयामा रहेको हकप्रद शेयरवाट नेपाल राष्ट्र बैंकले तोके बमोजिम अपुग हुने चुक्ता पूंजि गत आर्थिक वर्षको मुनाफा तथा अघिल्लो हकप्रद शेयर निष्काशनको क्रममा आर्जित शेयर प्रिमियमवाट वोनस शेयर वितरण गरी पु¥याईने बैंकको योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताउनु भयो ।