नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ५ ले वृहत क्षेत्रीय सम्मेलन गर्ने

451

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ५ ले वृहत क्षेत्रीय सम्मेलन गर्ने


वुटवल ९, वैशाख  । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ५ ले वैशाख १६ गते बृहत क्षेत्रीय सम्मेलन गर्ने भएको छ । क्षेत्रीय सम्मेलनका लागी नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा लगायतका केन्द्रीय नेताहरु आउने कार्यक्रम तय भएको हो ।नेपाली कांग्रेसका लागी नीकै महत्वपुर्ण मानीएको त्यस क्षेत्रवाट सार्वजनीक लेखा समीतीका सभापती भरत कुमार शाह नेपाली कांग्रेसका सांसद मध्येमा सवैभन्दा धेरै मतअन्तरले निर्वाचीत हुनु भएको थियो ।

गैडहवा गांउपालीका मंगलपुर चौराहा विष्णुपुरामा हुने क्षेत्रीय सम्मेलन लाई बृहत आमसभाका रुपमा परीणत गर्ने गरी तय भएको कार्यक्रम सफल वनाउन प्रदेश सांसद फकुरुद्धीन खा र प्रदेश संसदका प्रत्याशी विष्णु पोखरेलको उपस्थीतीमा वसेको वैठकले ३०१ सदस्सीय मुल आयोजक समीती गठन गरीएको छ । जसको संयोजकमा क्षेत्रीय सभापती ओसीउल्लाह मुसलमान रहनु भएको छ ।

आर्थिक समीतीको संयोजकमा हरी पोखरेल ,प्रचार प्रसार समीतीको संयोजकमा रण वहादुर खनाल ,सदस्यहरुमा नरेन्द्र थापा उत्दीन खान ,मन्जु न्यौपाने , शशी सापकोटा ,अरुणा कुमारी विक , स्वयंसेवक समीतीको संयोजकमा टिकाराम सापकोटा ,चन्द्रजीत गुप्ता ,हरी कुमार रेग्मी ,जय प्रकाश पासवान, राजु चौधरी ,कमलराज गौतम ,ववर अलि ,मन्च व्यवस्थापन समीतीको संयोजकमा विन्दराम यादव ,योगेन्द्र चौधरी निसार फकीर ,विजय कुमार शर्मा रहनु भएको छ ।