आयात प्रतिस्थापन गर्न नसके अर्थतन्त्रमा सुधार आउँदैन : चण्डिराज ढकाल

824

आयात प्रतिस्थापन गर्न नसके अर्थतन्त्रमा सुधार आउँदैन : चण्डिराज ढकाल

बुटवल, २१ कात्तिक । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले आयात प्रतिस्थापन गर्न नसक्दा सम्म मुलुकको अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउँदै त्यसकालागि राज्यले उपर्युक्त नीति नबनाएका कारण आर्थिक बिकासले गति लिन नसकेको बताउनु भएको छ ।

पछिल्लो समय नेपालको आर्थिक क्षेत्रले केही सहजताको महसुस गरेपनि लगानिमैत्री वातावरणकालागि उपयुक्त आर्थिक नीतिको अभाव रहेको उहाँले बताउनु भयो ।

दशबर्षे ससस्त्र युद्ध, क्षेत्रीय तथा जातिय आन्दोलन, बन्द हड्ताल, बिनासकारी भुकम्प र नाकाबन्दिका कारण थला परेको नीजि क्षेत्र पछिल्लो समय बिस्तारै बामे सर्ने प्रक्रियामा रहेपनि उपयुक्त आर्थिक नीतिको अभावमा आशातित सफलता हासिल गर्न नसकेको भन्दै उहाँले लगानिमैत्री आर्थिक नीति ल्याउनुपर्ने कुमा जोड दिए ।

दुई छिमेकी मुलुक भारत र चिन विश्वकै ठुलो अर्थतन्त्र भएको मुलुकको रुपमा उभ्याउने प्रतिष्पर्धामा उत्रिइरहदा नेपाल भने झिना मसिना कुरामा अल्झिनाले मुलुकको आर्थिक बिकासले गतिलिन नसकेको भन्दै तिब्र आर्थिक बिकासको क्रममा रहेका छिमेकी मुलुकबाट नेपालले समुचित लाभ लिन नसक्नु आफैमा दुःखको कुरा भएको टिप्पणि गर्नुभयो ।

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्वारा मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै माहासंघका बिशिष्ट सदस्य समेत रहेका ढकालले नेपालको नीजि क्षेत्र लगानिमैत्री आर्थिक नीतिको प्रतिक्षामा रहेको उल्लेख गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा नगरपालिका तथा गाउँपालिकामा तीन करिव तीन दर्जन नीजि क्षेत्रका व्यक्तिहरु निर्वाचित भएको तथा आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा तीन दर्जन नीजि क्षेत्रका व्यक्तिहरु प्रतिस्पर्धा रहेकाले नीजि क्षेत्रको बिकासकालागि उपर्युक्त नीति निर्माणमा महत्वपूर्ण हुन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

दैनिक दुई हजारको हाराहारीमा युवाहरु विदेश पलायन भईरहेको अवस्थामा मुलुक भित्र सञ्चालन भएका उद्योगहरु बन्द हुँदै जाने परिस्थितीले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको बताउँदै मुलुकको अर्थतन्त्र सुधारकालागि औद्योगिकिकरण गर्नुपर्ने र त्यसका माध्यमबाट पलायन भईरहेको युवा शक्तिलाई राक्नुपर्नेमा जोड दिनुभयो ।