सुद्धोधनमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिबिर

557

सुद्धोधनमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिबिर

बुटवल, २५ साउन । रुपन्देही नियमित रक्तदाता संघ र राईजिङ् स्टार स्काई क्लवको संयुक्त आयोजनामा शुक्रबार सुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकर स्थित फर्साटिकर माध्यमिक बिद्यालयमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिबिर गरिएको छ ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका थिए भने निःशुल्क स्वास्थ्य शिबिरमा एक सय भन्दा बढी महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यस्तै उनीहरुको स्वास्थ्य अवस्थाको आधारमा ६० जनालाई निशुल्क भिडियो एक्सरे समेत गरिएको रुपन्देही नियमित रक्तदाता संघका सल्लाहकार डोलराज गैरेले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य शिबिरमा लुम्बिनी अञ्चल अस्पताल बुटवलकी महिला रोग विशेषज्ञ डा. हसिना बानु, तथा रेडियोलोजिष्ट डा. अमित श्रेष्ठले उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । रुपन्देही नियमित रक्तदाता संघका अध्यक्ष राजेश हमाल, राईजिङ् स्टार स्काई क्लवका अध्यक्ष आशिक थापा, कार्यक्रम संयोजक रुपन्देही नियमित रक्तदाता संघका सन्या निरौला र राईजिङ्का चुनु थापाले भनाई राखेका थिए ।