जेष्ठनागरिककालागि निशुल्क शिबिर

588

जेष्ठनागरिककालागि निशुल्क शिबिर

बुटवल, ५ जेठ । कपिलबस्तुको जीतपुरमा जेष्ठ नागरिककालागि निशुल्क स्वास्थ्य शिबिर गरिएको छ । युनिटी हेल्थ क्लिनिक प्रालि बुटवल र कपिलबस्तु सामुदायिक अस्पताल जीतपुरको सहकार्यमा जेष्ठ नागरिकलागि निशुल्क स्वास्थ्य शिबिर गरिएको हो ।

६० वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरि शनिबार एक दिन आयोजना गरिएको शिबिरमा २५० बढीले स्वास्थ्य परिक्षण गराएको युनिटी हेल्थ क्लिनिकका सञ्चालक विजय आचार्यले जानकारी गराउनु भयो । शिबिरमा फिजिशियन डा.कृष्णचन्द्र गोदार, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. लक्ष्मण शर्मा, स्त्री रोग बिशेषज्ञ डा. दिक्षा श्रेष्ठ, रेडियोलोजिष्ट प्रताप आचार्य लगायतले बिरामीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारुले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएपनि नीजि क्षेत्रले समेत सामाजिक उत्तरदायित्व बहन गरेर सरकारले गर्नुपर्ने काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै उपप्रमुख चक्रपाणी अर्यालले एउटा निजीक्षेत्रको स्वास्थ्य संस्थाले आफ्नो गाउँपालिकामा आएर शिबिर चलाएकामा धन्यवाद ज्ञापन गर्नुभयो । शिबिरमा समाजसेवी स्थानीय युवा प्रविण पौडेल दिनेश क्षेत्रीको विशेष सहयोग रहेको थियो ।