Wednesday 19th September 2018
  • New title for a=>html, img=>alt
  • ५० हजार बालबालिकाको निःशुल्क नेत्र परिक्षण गरिने

    July 25, 2018


    बुटवल, ९ साउन । लायन्स क्लव अफ बुटवलले ५० हजार बालबालिकाको निःशुल्क नेत्र परिक्षण गर्नुका साथै आवश्यक औषधी तथा चस्मा समेत निशुल्क वितरण गर्ने अभियान सुरु गरेको छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्र संचालित सरकारी तथा आवासीय विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई लक्षित गरि लायन्स क्लव अफ बुटवलले सामाजिक अभियान सुरु गरेको हो । उक्त अभियानको बुधबार बुटवलमा औपचारिक कार्यक्रम गरि आरम्भ गरेको छ ।

    लायन्स क्लवले वर्ष सन् २०१८÷०१९ मा बालबालिकाको नेत्र स्वास्थ्यमा काम गर्ने गरी प्रमुख कार्यक्रम बनाईएको क्लवका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले जानकारी गराउनु भयो । अभियान अन्तरगत क्लवले बुटवल उपमहानगर भित्रका सरकारी तथा आवासीय बिद्यालयमा अध्ययन गर्ने बालबालिकाको नेत्र परिक्षण कार्यक्रम सञ्चालन गरिने छ र आवश्यक भएकालाई बालबालिकाकै रोजाईमा फ्रेम सहितको चस्मा तथा औषधी निशुल्क उपलब्ध गराईने उहाँले बताउनु भयो ।

    त्यसकालागि क्लवले २७ लाख ५ हजार २ सय रुपैंया अनुमानित बजेट समेत विनियोजन गरेको छ । क्लवबको अभियानलाई बुटवल लायन्स आँखा अस्पतालले प्राविधिक सहयोग पु¥याउने अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले बताउनु भयो । एक वर्षको अवधिमा यो लक्ष्य पुरा गर्ने र बुटवललाई आँखाको समस्यावाट मुक्त शहर बनाउने क्लवले सोँच लिएर अभियान आरम्भ गरेको हो ।

    अभियानको शुभारम्भ गर्दै डिष्ट्रिक गर्भनर सुनिल वझाले लायन्स क्लव बुटवलले यस क्षेत्रमा सामाजिक र मानविय कामलाई प्रभावकारी रुपमा अगाडी बढाएको बताउनु भयो । उहाँले लायन्स क्लव बुटवलले यस क्षेत्रमा महिला उद्यमशिलता कार्यक्रम, गरिव तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्यापन, लायन्स आँखा अस्पताल संचालन, वद्धाआश्रम, लगाएतको क्षेत्रमा काम गरेकाले सिंगो लायन्स क्लवको साख बढाएको विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा पूर्व डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ, अरुण प्रताप राणा, लायन्स क्लव बुटवलका सस्थापक सचिव जीवन वझा, पूर्व अध्यक्ष अर्जुनमान सैजु, दीप वोङिगका प्रार्चाय टिकाराम न्यौपाने क्लवका सचिव आनन्द वझा लगाएतले धारणा राखेका थिए ।