पाल्पा भैरवस्थान–रुपन्देही परिवारको साधारण सभाःगाउँको बिकासमा सहकार्यकालागि आग्रह

525

पाल्पा भैरवस्थान–रुपन्देही परिवारको साधारण सभाःगाउँको बिकासमा सहकार्यकालागि आग्रह

बुटवल,असोज । पाल्पा भैरवस्थान–रुपन्देही परिवारको शनिबार रुपन्देहीको शंकरनगरमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । पाल्पाको रिप्दिकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानमा जेन्मेर कामको सिलसिलामा रुपन्देही आई बसोबास गर्ने व्यक्तिहरुमा आपसी भाईचार तथा सद्भाव स्थापना गर्ने उद्देश्यले गठन गरिएको परिवारको साधारण सभामा बोल्दै रिप्दिकोट गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले आफूहरु सिंगो गाउँपालिकाको बिकासमा लागेकाले गाउँपालिका भन्दा बाहिर रहेका व्यक्तिहरुलाई गाउँको बिकास समेत ध्यान दिन आग्रह गर्नुभयो । उहाँले आफूहरु गाउँको बिकासमा लागेकाले सहयोग तथा सहकार्यकालागि समेत आग्रह गर्नुभयो ।

त्यस्तै रिप्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानका अध्यक्ष दुर्गाप्रसाद खनालले ५ वर्ष भित्रमा वडा नं. ४ भैरवस्थान भित्र रहेका सबै घरमा मोटरबाटो र पानी पु¥याउने तथा खरका छाना विस्थापित गर्ने अभियानमा वडा कार्यालय रहेकाले त्यसमा समेत सहयोग र सहकार्यकालागि रुपन्देही परिवारलाई आग्रह गर्नुभयो । उहाँले परिवार भर्खर स्थापना भएको र संस्थाको प्रगतिकालागि समेत वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

परिवारका अध्यक्ष केशव खनालको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक मेघराज कंडेल, भैरवस्थान मन्दिर व्यबस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारी, भैरव युवा समाज रुपन्देहीका सचिव धनबहादुर रायमाझी, पूर्णाकोट संरक्षण सम्वद्र्धन तथा बिकास समितिका अध्यक्ष गंगा गौतम, सल्लाहकार हिराप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।